खोज–अनुसन्धान

लुम्विनीमा थपिने मन्त्रीमा शेखर गगन समुह नसमेटिए विद्रोह गर्ने चेतावनी



बुटवल ६ पुस, । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद बढेको छ । शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् ।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् । उनले कांग्रेस र माओवादीबाट एकएक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन् । तर शेखर पक्षले भने नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ ।

मुख्यमन्त्रीलाई फोन गरेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएको कांग्रेस, लुम्बिनीका महामन्त्री विक्रम खनालले बताए । ‘आजै मन्त्रिमण्डल विस्तार गर्ने सुनेपछि मुख्यमन्त्रीलाई फोन गरेर सबैलाई समेटेर अघि बढ्नुस्, अन्यथा परिणाम राम्रो हुँदैन भनेको छु’ खनालले भने, ‘यसबारेमा महामन्त्री गगन थापा र शेखर दाइलाई पनि फोन गरेर जानकारी गराएको छु ।’उहाहरुले कडा रुपमा प्रस्तुत हुन भन्न भएको छ भन्दै लुम्विनीमा थपिने मन्त्रीमा शेखर गगन समुह नसमेटिए विद्रोह गर्ने चेतावनी औपाचारीक रुपमा सार्वजनिक गर्नु भएको छ ।

प्रकाशित : ६ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६