प्रदेश

भरुवा बन्दुक पड्काउने शिकारी पक्राउ



कपिलवस्तु, ०७ पौष  । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको क्षेत्रमा वन रक्षक र शिकारीहरू बिच गोली हानाहान भएको छ । सब वन डिभिजन कार्यालय गोरुसिङ्गे बाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउसो पुर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा बिहीवार झडप भएको हो ।साझेदारी वनको बि वान सिक्स सि वान सब कम्पाटमेन्टमा पुग्ने क्रममा गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेको थियो । सो पश्चात वन गस्ति टोलीले गोरुसिंङ्गेबाट थप टोली बोलाएर शिकारी समूहलाई घेरा हालेको थियो । सो क्रममा १२र१४ जनाको समूहमा ३र४ वटा बन्दुक सहित रहेका शिकारी टोलीले रेन्जर दिलिप यादव नेतृत्वको गस्ती टोली लक्षित गरि ६र७ राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि गस्ती टोलीले शिकारीहरू तर्फ ५ राउण्ड हवाई फायर गरेपछि शिकारीहरू भागेका थिए ।

गस्ती टोलीले सोही समूहका बाणगंगा नगरपालिका वडा नम्बर ७ धैरेनीडाडा बस्ने बर्ष ३९ का जंग बहादुर परियारलाई घेरा हालेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका परियारबाट टोलीले भरुवा बन्दुकमा लाग्ने २ राउण्ड गोली बरामद गरेको छ । नियन्त्रणमा लिएका उनलाई आवश्यक कारवाहीका लागी ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा बुझाईएको र उनी उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलेको सव वन डिभिजन कार्यालय गोरुसिङ्गेका वन अधिकृत बसन्त थापाले जानकारी दिए ।

पछिल्लो समय तिलौराकोट साझेदारी वन क्षेत्रमा वन संरक्षण सम्बन्धि कार्य अगाडी बढ्नुका साथै वन डढेलो घट्दा जैविक बिबिधता बढेको छ । जसका कारण वनको स्थितीमा सुधार आई वन्यजन्तुको शिकारीको जोखिम पनि बढदै गएको छ । अहिले सो साझेदारी वन क्षेत्रमा हरिण, बदेल, निलगाई, दुंसी, मयुर र बन कुखुरा बढेका छन । त्यसै गरि सो वनमा चितुवा समेत देखिने गरेको छ ।वनमा जैविक बिबिधता बढे सगै वन्यजन्तुको शिकारीको जोखिम बढेकाले गस्ती र निगरानी बढाईएको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले जानकारी दिए । पछिल्लो दुई बर्षमा वन क्षेत्रमा सो घटना पहिलो भएको र बन्यजन्तुको शिकार गर्नका लागी शिकारीहरू गएको हुन सक्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले बताए । भरुवा बन्दुकको गोली सहित फेला परेका व्यक्तिलाई हातहतियार खरखजाना मुद्दा चलेको जानकारी दिँदै सो समुह बारे आवश्यक अनुसन्धान अगाडी बढेको उनले स्पष्ट पारे ।

प्रकाशित : ७ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६