खोज–अनुसन्धान

जनस्तरवाट प्रश्न उठ्न नपाउनेगरी प्रशासनिक सेवा प्रवाह हुनेछ : प्रजिअ अर्याल



कपिलवस्तु ७ पुस । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जनस्तरवाट प्रश्न उठ्न नपाउनेगरी प्रशासनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाले सबै उद्योगी ब्यबसायीका साथ आम नागरिकलाई अमन चयन र शान्ति महसुस हुने गरि जिल्लाको प्रसासनिक निकायलाइ चुस्त दुरुस्त राख्ने वताउनु भएको हो । उहाले कपिलवस्तु उद्योग बाणिज्य संघ संग हातेमालो गरि अगाडि बढने कुरा व्यक्त गर्नु भयो । कपिलवस्तु उद्योग बाणिज्य संघ को आयोजना मा भरखरै कपिलवस्तु जिल्ला को प्रमुख जिल्ला अधिकारी को रुपमा यहि पुस ५ गते कपिलवस्तु जिल्लामा आउनुभएका प्र जि अ विश्व प्रकाश अर्याललाई भब्य स्वागत गरिएको छ।

उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रम मा संस्था का पुर्व अध्यक्ष क्रमशः देबि पाण्डे ,बिस्णु प्रसाद न्यौपाने,उमानाथ पौडेल,नागरिक समाज का अध्यक्ष दोलख बहादुर पछाइ, लगायतले स्वागत गर्नु भएको थियो । सोही कार्यक्रममा खानेपानी तथा सरसफाइका जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम शाह,शैक्षिक ब्याक्तित्व सयपत्री क्याम्पसका प्रमुख बासुदेव घिमिरे,जेसिस का पुर्व अध्यक्ष गुरुदेव पौडेल,ब्यबसाइ रमेशचन्द्र भुसाल,बुद्दी सागर बेल्बासे,तिलकराम पाण्डे लगायतको उपस्थितिमा स्वागत कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नागरिक समाज का अध्यक्ष दोलख बहादुर पछाइ,पुर्व अध्यक्ष बिश्णु प्रसाद न्यौपाने ,देबि पाण्डे ,उमानाथ पौडेल लगायत ले यश क्षेत्र का समसामयिक समस्या र समाधानका बिषय मा जानकारी गराउदै नव आगन्तुक प्रमुख जिल्ला अधिकारी बाट सबै कुरामा पुर्ण सहयोग प्राप्त हुने आशा ब्यक्त गर्दै स्वागत सम्मान मन्तव्य राख्नुभएको थियो। कार्यक्रम को संचालन कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले गर्नुभएको थियो।

प्रकाशित : ७ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६