पोखरा ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो ।मकैको खोया प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताएका छन् । ‘म यो मकैको घोघा ९खोया० लाई आफ्नो घरमा झुण्ड्याएर राख्नेछु । प्रतिशोध लिएर होइन, शिक्षा लिएर । नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर । यदि तैँले बाटो बिराइस् भने आज त घोघा पाइस् तैँले, यदि तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु । मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु । कुहिन दिन्नँ, झर्न दिन्नँ ।’
उनले खोया प्रहार गर्ने ती युवालाई भेट्ने वाचा समेत सम्बोधनको क्रममा गरे । ‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु । उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या समाधान गर्न अग्रपंक्तिमा लाग्नेछु,’ सभापति लामिछानेले भने ।
८ पुस २०८०, आइतबार
प्रतिक्रिया