जीवनशैली

राष्ट्रिय जनावर गाइ काट्ने ३ जना १ क्विन्टल मासु सहित रङेहात पक्राउ



कपिलवस्तु ८ पुस ।नेपालको राष्ट्रिय जनावर गाइ काट्ने ३ जनालाइ एक क्विन्टल मासु सहित रङेहात प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको वाणगङ्गामा गाई काटेर मासु भाग लगाउदै गर्दा ३ जना पक्राउ परेका छन् । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरूको पक्राउ गरेको हो । बाणगङ्गा वडा न। १० पटना भाबपुर बस्ने वर्ष २० को सुरज बि।क।को घरमा गाईको मासु काटेर भाग लगाउदै गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बुद्धभूमि १० हरिहरपुर बस्ने वर्ष ५५ को बर्साती थारू, रूपन्देही कञ्चन गाउपालिका वडा नं ५ भैसियाई बस्ने वर्ष ३० को श्रीधर टमटा र बाणगङ्गा १० भाबपुर बस्ने वर्ष २० को सुरज बि।क। रहेको प्रहरीले जनाएको छ उनीहरूको सँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूको पक्राउ गरेको हो । उनीहरूको सँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६