प्रदेश

उद्योग व्यापार संघद्वारा प्रजिअ अर्याललाई स्वागत, खुला सीमामा निगरानी बढाउन आग्रह



कपिलवस्तु, ०८ पौष ।

नवआगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफू गम्भिर रहेको बताउनुभएको छ । सिमा सुरक्षा देखि हरेक तवर बाट संवेदनशील रहेको जिल्लामा आफूले प्रजिअको भूमिका पाएको भन्दै यसलाई गम्भीरताकासाथ लिएको बताउनुभयो ।

आइतबार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो । आएको छोटो समयमै धेरै सङ्घसंस्थाले आफूलाई स्वगत गर्दै सहकार्यको लागि आह्वान गरेको भन्दै खुसी समेत व्यक्त गर्नुभयो । कपिलवस्तु जिल्ला खुला सिमानाका भएको जिल्ला रहेकोले सिमा नाकामा आइपर्ने समस्या समाधान गर्नमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले लागूपदार्थ दुर्व्यसनीको समस्यालाई धेरैले उठाइरहेको भन्दै उक्त समस्या समाधान गर्न सर्वप्रथम परिवार र समाज बाट महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो । लागूपदार्थ ओसारपसार र बेचबिखनको सन्दर्भमा आफू सचेत रहेको बताउनुभयो ।

त्यस्तै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघले गरेका कामहरूको चर्चा गर्दै संघको परिचय गराउनुभएको थियो । उहाँले समग्र जिल्लाको विकासको लागि निजी क्षेत्रका उद्योगी व्यवसायीहरू सरकार सँग सहकार्य गर्न तयार रहेकोले त्यस्तो वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो ।

त्यस्तै संघका संरक्षक टोपनरायण बेलबासे र पुर्व अध्यक्ष हुमानाथ पौडेलले कपिलवस्तुमा खुल्ला सिमानाकाका कारण आउने चुनौतीलाई उत्कृष्ट ढङ्ग बाट समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उद्योगी व्यवसायीका समस्या समाधानमा पनि प्रशासनिक तवर बाट सहयोग गरिदिन आग्रह गर्नुभयो । त्यस्तै उहाँहरूले बाणगङ्गा सहित कपिलवस्तुमा लागूऔषध दुर्व्यसनी समस्या टड्कारो बनिरहेको भन्दै उक्त समस्यामा देखिनेगरी काम गर्न आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा संघका सञ्चालक समिति पदाधिकारी, संघका सदस्य लगायतलाई गाय छाप ब्राण्डको उत्पादक साथी एरियल उद्योगका सञ्चालक कलामुद्धिन मुसलमानले ५० ज्याकेट उपलब्ध गराउनुभएको थियो ।

पेशागत महासंघ जिल्ला अध्यक्ष बाबुराम पोख्रेल, संघका वित्त सल्लाहकार, प्रेम राज घिमिरे, सिया आर्ट एण्ड क्राफ्टका सञ्चालक विनय त्रिपाठी, संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६