सीता बेल्बासे
कपिलवस्तु ९ पुस । देशको समृद्धी र विकासका लागि युवा पक्ति नेतृत्व तह सम्म पुग्नु पर्ने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । कलिवस्तुमा संचालित एक परियोजना वहिर्गमन समन्धी भेलामा सो कुरा बताउनु भएको हो । दिगो तथा मर्यादित समाजिक आर्थिक सशिक्तिकरण सिड्स कार्यक्रम स्ट्रोम फाउन्डेसन नेपालको सहयोगमा सिद्धाथ सामाजिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा सभा सदस्य घिमिरेले समाज परिवर्तन गर्नको लागि युवाको आवश्यक रहेको बताउनु भयो । सिद्धाथ सामाजिक विकास केन्द्रले समाज रपान्तरणमा टेवा पुराएको बताउनु भयो । यसलाई निरन्तरता दिन तिनै तहको सरकार लाग्नु पर्ने बताउनु भयो । फरक प्रसंगमा बोल्दै राजनिती परिवर्तन ल्याउन व्यवस्था परिवर्तन गरि अगाडि जानु पर्ने बताउनु भयो ।
यस्तै वाणगगा नगरपालिका प्रमुख चक्रपाणि अर्यालले स्ट्रोम फाउन्डेसनले किसोर किसोरिको लागि पुलको काम गरेको बताउनु भयो । आत्म निर्भर बन्न सिकाउदै शसतिकरणमा अगाडि ल्याउन टेवा पुराएको बताउनु भयो । साथै नगर प्रमुख अर्यालले सस्थाले गरेका हरेक गतिविधि सग नजिक रहेको बताउदै अब नगरले आगमि दिनमा समाबेश गर्ने बताउनु भयो ।नगर उप प्रमुख रिता कुमारि थारुले सस्थाले लगाएको लगानि स्थानीय सरकारले खेर जान नदिने बताउनु भयो । कार्यक्रमलाई नगरले निरन्तर दिने बताउनु भयो ।वडा न ७ का वडा अध्यक्ष विष्णु गिरिले ११ का वडाअध्यक्ष नरेन्द्र बहादुर चौधरि सस्थाले समुदायमा रहेर शिक्षा स्वास्थ्य तथा आयआर्जन रहेर काम गरेको बताउनु भयो ।बरिस्ट कार्यक्रम सयोजक आर टि खान ,कार्य प्रवन्धक प्रकास घिमिरेले कार्यक्रमको कार्यगत संरचना आगमी दनिमा गर्नु पर्ने मार्ग दर्शन दिगो तथा मयादित समाजिक आर्थिक सशितकरण सिड्स कार्यक्रम परियोजना वाणगगगा नगरपालिका समन्वय गरी वाणगगा नगरपालिका वडा ३;१० र;११ मा रहेर काम गरेको बताउनु भयो ।
समाज रुपान्तरण को लागि समाजका हरेक समुदायकोलागि सशक्त रुपमा काम गरेर समाज र दिगो बिकास र आय आर्जन सवालमा रहेर काम गरेको १४ सय३२ भन्दा धेरै किसोर किसोरि भविष्य निर्माणका योजना १५सय १० घर परिवारलाई विभिन्न किसिमका जिविको पार्जन जस्ता काममा पाच वर्षको अबधिमा लगभग १३ करोड भन्दा धेरै बराबरको बजेटको लगानि विभिन्न क्षेत्रमा खर्च गरेको बताउनु भएको थियो ।सहजकर्ता अनिता मल्ल टोलविकास सस्था दारिका प्रसाद चौधरिले समुदायका हरेक कुरालाई अगाडि ल्याउने काम गर्दै आएकामा आभारी रहेको बताउनु भयो । निरवर्तमान अध्यक्ष जेत प्रसाद आचर्यले संस्था संग जोडिएर सहयोग गर्ने सबै लाई धन्यवाद ज्ञावन गर्नु भयो ।
कार्यक्रममा सामाजिक परिचालक र एनिमेटर हरु लाई सम्मान गरिएको थियो । वहिर्गमन सम्विध भेलामा वडा अध्यक्ष समाजिक व्यति संस्थाका पदअधिकारी तथा पत्रकारको सहभागिता रहेको थिायो भने संस्थाको अध्यक्ष सुर्य कुमारी साहिको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन सहसचिव ध्रुब बेल्बासेले गर्नु भएको थियोे ।








प्रतिक्रिया