देश

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसः सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन निर्देशन



काठमाण्डौ, ११ पौष । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको हो ।

विसं २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको थियो ।

एक एकसय रुपैयाँबाट शुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार रुपैयाँ पुर्याएको छ । यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले सामाजिक अध्ययन विषयको एउटा कक्षामा ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ ।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६