प्रदेश

सय क्युन्टल अवैध चामल कृष्णनगरबाट बरामद 



कपिलवस्तु ११ पौष ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका ४ बाट इलाका प्रहरी कार्यालय कृष्णनगरले १ सय क्युन्टल अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेवारिसे अवस्थामा भईमा राखेको ४९ क्युन्टल ५० किलो र सोही स्थानको केही टाढाबाट ट्रयाक्टर मा ल्याउँदै गरेको अवस्थामा ५० क्युन्टल अवैध चामल प्रहरीले बरामद गरेको बताएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै  गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको बताएका छन् । कृष्णनगर नगरपालिका, ४ महादेवा बस्ने ट्रयाक्टर चालक सुकई केवटले लु ३ त ९५०४ नम्बरको ट्रयाक्टरबाट ५० क्युन्टल अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओलीले बताएका छन् ।


बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपियाँ र ट्रयाक्टर को मूल्य १० लाख बराबर रहेको बताएको छ ।
ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले सो अवैध चामल सहित ट्रयाक्टर नियन्त्रण लिएको र बरामद गरिएको अवैध चामल र ट्रयाक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको बताएको छ ।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६