प्रदेश

बुटवलमा अटो श्रमिकहरुका लागि नयाँ प्रविधिमा सीप वृद्धि तालिम



बुटवल, १२ पौष । हामीले चढ्ने सवारी साधन नयाँ नयाँ मोडेलका भित्रि रहेका छन् ।तर ती नयाँ मोडल अनुसार सवारी साधन मर्मत सम्भार गर्ने कामदारमो समस्या नै छ । अनि तीनको मर्मत सम्भारको काम पनि सहज छैन् । नयाँ नयाँ प्रबिधिका गाडीहरु बजारमा भित्रि रहदा श्रमिकहरु पनि त्यसैअनुरुप दक्ष हुन त्यत्तिकै आवश्यक छ ।

यस्तै समस्यालाई ध्यानमा दिएर यो पटक बुटवल अटो ईन्जिनियरिङ एशोशियसनले पहिलो पटक अटो क्षेत्रका श्रमिकका लागि सीपबृद्धि तालिम सम्पन्न गरेको छ । अटो क्षेत्रमा कार्यरत ब्यावसायी र श्रमीकहरुले थप सिप मुलक तालिम पाए पछि नयाँ नयाँ प्रकारका सबारी साधनहरु मर्मत सम्हार गर्न आत्मबल बढ्नुका साथै थप आम्दानी लिन सहयोग पूग्ने आशामा छन् । नेपालकै नमुना भनिएको बुटवल अटो भिलेजका २० जना कामदारहरुले पहिलो पटक नयाँ सेलेवस अनुसार आफ्नो सीपमा निखार ल्याएका छन् ।

बुटवल अटो इन्जिनीएरिङ एसोशिएसन मैनाबगरको पहलमा उनिहरुको सीप बृद्धि गर्न नेपालमै पहिलो पटक ९६ घण्टाको सेलेवस तयार गरेर अहिलेको प्रबीधी संग मेल खाने गरि तालिम दिएपछि यहाँका श्रमिकको स्तर बृद्धि भएको छ ।
प्रमुख प्रशिक्षक सिवि थापाले बिएस फोर, बिएस सिक्स जस्ता नयाँ मोडेलका गाडिहरुले कसरी काम गर्छ, अटो क्षेत्रका के कस्ता नयाँ टेक्नोलोजि प्रयोग भएका छन् । त्यसका बारेमा सैद्धान्तिक ज्ञान दिँदा श्रमीकहरुको सीपमा निखार आउने बताउँछन्।

सम्बन्धित बिषयमा कार्यरत कामदारहरुलाई बजारको माग अनुसार सिपमा स्तर उन्नति गर्ने उदेश्यका साथ आयोजित यो तालिम्मा २० जनाले सिपमा निखार ल्याए । तालिमले कामदारहरुको आम्दानिमा बृद्धि हुनुका साथै सम्मानित रोजगारी पाउने अपेक्षा गरिएको छ । तलिम आयोजक संस्थाका अध्यक्ष बुटवल अटो इन्जिनीयरिङ एशोशिएसनका अध्यक्ष तुल्सी राम न्यौपानेले अहिले नयाँ प्रबिधि सेन्सर बेस र बिद्युतिय बेसको रहेकाले त्यस आधारमा तालिम दिदा कामदारमा कार्य क्षमता बृद्धिहुने बताउछन् । उनले यस्ता तालिम निरन्तर दिन आवश्यक रहेको पनि वताए ।

तालिम समापनका अवसरमा बोल्दै बुटवल उपमहानगरपालिाकाकी उपमेयर साबित्रादेवी अर्यालले यस्ता तालिमले स्वदेशमा काम गर्नेहरुको स्तर बृद्धिहुदै विदेशीने क्रम रोकिन समेत सहयोग पुग्ने वताईन । उनले यस्ता सिपमुलक तालिमको लागि अबका दिनमा नगरपालिकाले बिशेष पहल र सहयोग गर्ने प्रतिबद्धता जनाईन । रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले लुम्बिनी प्रदेशका १२ जिल्लामा बिभिन्न प्रकारका सिपमुलक तालिम संचालन हुँदै आएको जानकारी दिदै यस्ता तालिमले उद्यमी वन्न सहयोग पुग्ने वताए । तालिममा सहभागि टेकबहादुर कुमाल आफुहरुले अटो क्षेत्रमा काम गदै आए पनि यो तालिमले नयाँ प्रबिधीका नयाँ कुरा सिकाएको बताउछन् ।

दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना अन्तरगत रुपन्देही उद्योग संघ, ईन्सीयोर र हेल्भेटासको सहयोग तथा बुटवल अटो इन्जिनीयरिङ एशोशिएसनको आयोजनामा यो कामदारहरुको लागि थप सीप तालिम गरिएको तालिम संयोजक हिमाल खनालले जानकारी दिए । पछिल्लो समय आधुनिक किसिमका सवारी साधनहरु भित्री रहेपनि कामदारहरु त्यति प्रबिधिमैत्रि हुन नसकेका बेला यस्ता सीपमुलक तालिमले कामदारहरुको काममा निखार ल्याई आफ्नो पेशा व्यवसायलाई अब्वल बनाउन मद्दत पुग्ने देखिन्छ ।

प्रकाशित : १२ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६