खोज–अनुसन्धान

लोसपाले राजेन्द्र महतोलाई निलन्बन वा निस्कासन सहितको कारबाही गर्ने !



काठमाडौँ १२ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई अनुशासनको कारबाही गर्ने भएको छ । वरिष्ठ नेता महतोले केही दिनदेखि पार्टीेको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने तयारी भइरहेको छ ।
पार्टीका महासचिव डा।सुरेन्द्र झाले भने, ‘महतोज्यू पार्टीको दोस्रो मुख्य व्यक्ति हुनुहुुन्छ, र पार्टीकै विरुद्धमा बोल्दै हिँड्नु भएको छ । यो पार्टीको अनुशासन विपरीत कार्य हो । यसमा उहाँलाई कारबाही हुनसक्छ ।’ निलन्बन वा निस्कासन मध्ये एक कार्बाहि हुने छ ।
नेता महतोले पछिल्लो समय पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बारेमा पार्टीले अध्ययन गरिरहेको महासचिव झाको भनाइ छ । महतोले बोलेका विषयमा विश्लेषण भइरहेको पनि उनले बताए ।
महासचिव झाका अनुसार महतोले पार्टी र पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा स्तरहीन अभिव्यक्तिहरु दिइरहेकाले पार्टीमा छलफल गरेर उनलाई कारबाही गर्न सकिने बताए ।
उनले भने, ‘पार्टीमा कुनै विषयमा असहमति छ भने पार्टीभित्रै छलफलको माध्यमबाट समाधान गर्न सकिन्छ तर ती सबै छाडेर पार्टीका आन्तरिक विषयहरुमा उहाँले बाहिर जथाभावी बोल्दै हिँड्नुभएको छ ।’

पार्टीका अध्यक्ष ठाकुरले सार्वजनिक गरेको केन्द्रीय समितिको नामावलीमा नेता महतोलाई चित्त बुझेको छैन । उनले आफ्ना थुप्रै मान्छे छुटेको भन्दै उनीहरुलाई समावेश गर्न माग गरेका छन् ।अध्यक्ष ठाकुरले पनि विभिन्न छलफल तथा बैठकमा केन्द्रीय समिति विस्तार गर्ने र छुटेका व्यक्तिलाई समावेश गर्ने प्रतिवद्धता जनाएका छन् । तर त्यही प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै नेता महतो अध्यक्ष ठाकुरप्रति आक्रोशित छन् ।

पछिल्लो समय पार्टीका नेता एवं मधेसका प्रदेशसभा सदस्य अभिराम शर्मालाई अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले सरकारबाट पार्टीलाई फिर्ता गर्न अध्यक्ष ठाकुरसमक्ष आग्रह गरेका थिए । तर अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन यथावत रहने र अभिराम शर्माको बारेमा कानुनी उपचार खोज्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यसप्रति नेता महतो झन् असन्तुष्ट बनेका छन् । उनी अहिले तराई मधेसमा गएर पार्टी र पार्टीका अध्यक्ष ठाकुरको भण्डाफोरमा लागेका छन् ।

प्रकाशित : १२ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६