ब्रेकिंग न्युज

प्रदेशको खर्चप्रति सभामुख घर्तीको असन्तुष्टी



पाल्पा १३ पुस ।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ६.५९ प्रतिशत मात्र भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले खर्च प्रतिशत बढाउन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतसँग छलफल गर्ने समेत बताए ।पाल्पाको रिब्दीकोट गाउँपालिका–८, फेकमा स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा सँगै रहेका प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले प्रदेश सरकारले गर्ने खर्चमा टिप्पणी गरेपछि सभामुख घर्तीले कम्तीमा १५ प्रतिशत खर्च हुनुपर्नेमा हुन नसकेको स्वीकार गर्नु भयो ।


सभामुख घर्तीले पहिलो चौमासिकमै धेरै खर्च हुनुपर्छ भन्ने होइन तर साढे ६ प्रतिशत भनेको धेरै नै कमजोर भएको समेत उल्लेख गरे । तर खर्च प्रतिशत दोस्रो र तेस्रो चौमासिकमा बढ्ने बताउँदै मुख्यमन्त्री तथा मन्त्रीहरूलाईलाई सुझाएर प्रदेश सरकारले खर्च बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउने सभामुख घर्तीले बताए ।लुम्बिनी प्रदेश सरकारले चालू खर्च चार महिनामा जम्मा ९.८७ प्रतिशत बजेट खर्च गरेको छ  ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६