अर्थ-वाणिज्य

रवि लामिछानेमाथि सरकारले छानबिन गर्नुपर्छ : महेश बस्नेत

बिना लगानी १५ प्रतिशत सेयर लिनु गैरकानुनी



काठमाडौँ १४ पुस । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि सरकारले छानबिन गर्नुपर्ने माग गरेका छन्।रास्वपा सभापति लामिछानेले बिना लगानी १५ प्रतिशत सेयर लिनु गैरकानुनी भएको उनको भनाइ छ।

प्रेस चौतारी नेपाल सङ्खुवासभाले शुक्रवार खाँदवारिमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले साम्राज्यवादी शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेको पनि बताएका छन् ।राष्ट्रिय युवा संघ संखुवासभाको अधिवेशन उद्घाटनका क्रममा बिहीवार संखुवासभा पुगेका नेता बस्नेतले विदेशी शक्तिले नेपालमा अस्थिरता ल्याउन विभिन्न हर्कत गरेको आरोप लगाए।नेता बस्नेतले कोशी प्रदेशमा पहिचानका नाममा द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।

प्रकाशित : १४ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६