प्रदेश

बुटवल उपमहानगरपालिकाको अधिवेशनः दुई विधेयक पारित



बुटवल, १४ पौष । बुटवल उपमहानगरपालिकाको चौधौं नगर अधिवेशनमा २ वटा विधेयक पारित भएको छ । अधिवेशनले २ वटा ऐन समेत संशोधन गर्दै सकिएको छ।

बिहीबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक २०८० छलफलपछि सर्वसम्मतिले पारित भएको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

सभाले नगर शिक्षा ऐन २०७४ र नगर स्वास्थ्य ऐन २०७५ संशोधन गरेको छ भने आवश्यकताअनुसार संगठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पनि पारित गरेको उनले बताए।

सभामा छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पनि पारित भएको छ। शहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले शहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाईन महाशाखा बनाइएको छ । अहिले अनुगमन महाशाखा बनाउने प्रस्ताव पनि पारित भएको हो ।

त्यस्तै उपमहानगरपालिका ११/१३ नम्बर वडामा जनसंख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्ने गरी पेश भएको प्रस्ताव पनि बैठकले पारित गरेको छ।

सभाले कार्यपालिका बैठकबाट भएका निर्णयहरु अनुमोदन र विभिन्न प्रस्तावहरु पारित गरेको प्रमुख पाण्डेयले बताए। सभाले अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षका योजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन निर्देशन समेत दिएको छ।

सभामा बस्नयोग्य बुटवल शहरको परिकल्पनालाई आत्मसात् गर्ने र सोहीअनुसार नीति कार्यक्रम तय गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभामा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको समृद्धिका लागि सबैतिरबाट साथ र सहयोगको आवश्यकता रहने बताइन्।

प्रकाशित : १४ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६