प्रदेश

कपिलवस्तुमा बस दुर्घटना, १ को मृत्यु




कपिलवस्तु, १४ पौष ।
सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस कपिलवस्तुमा ट्रकसँग ठोक्किदा १४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक धानखोलामा आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।


बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी पनि घाइते भएका छन् । उनीहरु बुटवलमा उपचार गरेर घर फर्किएका छन् । अन्य घाइते १० जना पनि समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १४ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६