कृषि

किसान र कृषि सहकारीलाई प्रयाप्त अनुदान उपलब्ध छ :अध्यक्ष रेश्मी



सीता बेल्बासे
कपिलवस्तु १४ पुस । बाणगंगा ४ का वडा अध्यक्ष छविलाल रेश्मि मगरले नगरले किसान र कृषि सहकारीलाई विभिन्न अनुदान दिदै आएपनि किसानलाई समयमै जानकारी नहुदा अवसरवाट बञ्चित हुने गरेको वताउनु भएको छ । ृहाले सहकारीले कृषि क्षेत्रमा बढि लगानी लगाउनु पर्ने बताउनु भयो ।मयूर कृषि तथा पशु विकास सहकारी सस्था लिमिटेडको १४ आँै साधारण सभामा वोल्दै यस्तो वताउनु भएको हो । वाणगगा नगरपालिका वडा ४ गजेडहमा सनिवार सभा सम्पन्न भएको हो । उहाँले वडा र नगरबाट कृषिकालागि धेरै अनुदान आउने बताउदै कृषकलाई जानकारी हुनु पर्ने बताउनु भयो । साथै उहाँले आफुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।यस्तै कृषि विकास शाखाका प्रमुख लेष बहादुर केसीले कृषिमा आधुनिकरणबाट विभिन्न उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । कृषि र पशुपालनको लागि नगरले दिने सेवाबाट लाभान्वित हुन किसानलाई अनुरोध गर्नु भयो । १४ औ साधारणमा अध्यक्ष गोविन्द प्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गदै सहकारीले मलखात कृषि सामाग्री पशुविमा जस्ता क्षेत्रमा कृषकको लागि काम गर्दै आएको बताउनु भयो । उहाले भावि योजनाका बारेमा बताउनु भयो । २करोड बराबरको आर्थिक कारोबार गरेको लेखा संयोजक विष्णु प्रसाद अर्याल प्रतिवेदन मार्फत जानकारी गराउनु भयो । नगर सहकारी बिभागका प्रमुख सञ्जु आचार्य ,सहकारी सेयर सदस्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको सहभागि रहेको कार्यक्रमको अध्यक्षता गोविन्द प्रसाद पौडेलको रहेको थियो । संचालन सचिव बोध राज भट्रराईले गर्नु भएको थियो ।

प्रकाशित : १५ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६