ब्रेकिंग न्युज

बाँझो जमिन भाडामा लिएर खेती गर्दा ७२ ले पाए रोजगारी



सन्धिखर्क १५ पुस अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बाँझो जमिन भाडामा लिई स्थानीय उत्पादनलाई वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरेको छ । १४५ रोपनी बाँझो जमिन खनजोत गरी हाल प्याज खेती गरिएको छ । बढ्दो बसाइँसराइले गाउँका जमिन बाँझो हुनुका साथै बेरोजगारी बढेको भन्दै रोजगारीको सिर्जना र आर्थिक उत्पादन वृद्धि गरी आत्मनिर्भर नगरपालिका बनाउन बाँझो जग्गा उपयोगको कार्यक्रम ल्याइएको नगर प्रमुख झविलाल थापाले बताउनुभयो । नगरपालिकाले बाँझो रहेका जग्गाधनीसँग सम्झौता गरी पहिलो चरणमा प्याज खेतीको सुरुवात गरेको हो । चालु आवमा करिब ७० केजी बिउबाट बेर्ना तयार भएको छ । कर्मशील जनशक्ति परिचालनमार्फत उत्पादित वस्तुको बजारीकरण गरिने थापाको भनाइ छ । खेतीका लागि सूचीकृत बेरोजगारहरू परिचालन गरिएको छ । जस अनुसार ७२ ‘कर्मशील जनशक्ति’ ले रोजगार पाएका छन् । नगरपालिकाको ढिकुरास्थित डेभा, असुरकोट दुर्वाङ, ढाकावाङ खाकाबेँसी र डुम्रीचौरमा खेती सुरु गरेको छ । पहिलो चरणमा खेतीका लागि नगरपालिकाले ५० लाख रुपियाँ विनियोजन गरेकामा ३० लाख रुपियाँ खर्च भइसकेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो । आगामी वर्ष यो कार्यक्रमलाई वृद्धि गरिने भएको छ ।

प्रकाशित : १५ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६