बुटवल १६ पुस ।पाल्पा – पाल्पा बुटवल सडक अन्तर्गत सिद्धार्थ राजमार्ग पुस १६ ९आज०देखि १ सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सय दिन सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।सडक राति १० देखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारी साधनलाई कुनै रोक नलगाइने प्रशासनले जनाएको छ । सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द हुने भएको हो ।
सुरुङ निर्माणमा संलग्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यातायात संचालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पातर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माण भइरहेकाले सय दिनसम्म सडक बन्द गरेर काम गर्न दिइने प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।
१६ पुस २०८०, सोमबार
प्रतिक्रिया