प्रदेश

नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको ज्यान गयो, एक जना घाइते



बाँके, १६ पौष । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा गएराति कारले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ च ३४६३ नम्बरको कारले कारकाँदोमा रहेको एसके पेट्रोलपम्प नजिकै ठक्कर दिँदा नेपालगञ्ज–१३ की २४ वर्षीया आस्था शाह र अर्का एक जना पुरुषको ज्यान गएको हो । ज्यान गुमाएका पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । दुवै जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

दुर्घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते हुनुभएको छ । उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६