प्रदेश

जनताले माओवादी प्रति गरेको अपेक्षा लाई लिपिबद्व रुपमा केन्द्रमा पेश गरिने



कपिलवस्तु, १६ पौष ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य महेश्वरजग गहतराज (अथक) ले चार महिने अभियानले पार्टी लाई गतिशील बनाएको बताउनुभयो । नेताहरु घर घर पुग्दा जनताले माओवादी प्रति गरेको अपेक्षा लाई लिपिबद्व रुपमा केन्द्रीय समितिमा पेश गरिने जनाउनुभयो । जनतासग माओवादी रुपान्तरण अभियान समापन कार्यक्रमम शिवराज नगर नगरपालिका १ शिवपुरमा आयोजित कार्यक्रममा बोल्दै अभियानमा माओवादी लाखौ जनताको बिचमा पुगेको बताउनुभयो । उहाले जनता प्रती जवाफदेही बनाउने प्रयास गरिएको पनि बताउनुभयो । जनताका माग लाइ पूरा माओवादीले मात्र गर्न सक्ने बताउदै अहिले को सरकारले भ्रष्टाचार न्यूनीकरण तथा बिकासले गती लिएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य भिमा कुमार बुढाले १० वर्षे आन्दोलन बाट आएको उपलब्धि लाई संस्थागत गर्दै थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । पार्टीका नगर अध्यक्ष चिन्ता परियारले केन्द्रीय नेतृत्वले शिवराज नगरमा पार्टी लाई बलियो बनाउन सहयोग गरेकोमा धन्यवाद दिनुभयो । अभियानमा मात्र नभइ अन्य समयमा पनि पार्टी जनताको घर घरमा पुग्ने उहाले बताउनुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य अथक र भिमा कुमारी बुढालाइ सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रमको सचालन पार्टी सचिव आकाश बुढाले गर्नुभएको थियो ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६