अर्थ-वाणिज्य

सातौ कार्यपालिका बैठकको निर्णय : प्रज्ञा प्रतिष्ठान बाणगंगा गठन गर्ने

वन विद्येयक २०८० ,१४औँ नगर सभाले पारित गर्ने



सीता बेल्बासे,
कपिलवस्तु १६ पुस । वाणगंगानगर पालिकाको सातौँ कार्यपालिका बैठक बसेको छ ।आइतबार नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षतामा सातौँ कार्यपालिका बैठक बसेको हो । बैठकमा स्वमूल्याङक –लिजा ) मा वाणगंगा नगर पालिका ८९.५ अकं ल्याएको वारे समीक्षा भएको नगर प्रवक्ता तथा वडा न. २ का वडा अध्यक्ष विष्णु पौडेलले जानकारी दिनु भयो । सातौँ कार्यपालिका बैठकमा वाणगंगा नगर प्रज्ञाप्रतिष्ठान गठन तथा संचालन ऐनको बारेमा छलफल भएको बताउनु भयो ।

वन विद्येयक २०८० छलफलको लागि पेस गर्दै १४औँ नगर सभाले पारित गर्ने बताउनु भयो । १४आँ नगर सभा यहि पुष २५ गते बस्ने निणर्य भएको समेत उहाले जानकारी गराउनु भयो ।आर्थिक वर्ष ०८१।८२ लाई आय व्याय प्रपेक्षण स्वीकृत गर्दै १अर्ब ३९ करोड बराबरको आर्थिक विकास कार्यक्रम संचालन गर्ने गरी संघिय मामिला तथा समान्य प्रसासनले देशभरी बाट ४ सय ६२ पालिका छनोट गरेकोमा वााणगंगा नगरपालिका पनि छनोटमा परेको विषयमा समेत छलफल भएको थियो ।

सोही अनुसार अघि बढ्ने निर्णय गरेको नगर प्रवक्ता पौडेले जानकारी दिनु भयो । अहिलेको धेरै समस्या र नागरीकको गुनासोको विषय छाडापशु चौपाया नियन्त्रण र व्यवस्थापनका लागि समितीले मध्यकालीन संरचना व्यवस्थापनको लागि माग गरेको बजेट लाई सातौँ कार्यपालिका बैठकले स्वीकृत गरेको उहाँले बताउनु भयो । सातौँ कार्यपालिका बैठक नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षतामा नगर उपप्रमुख रिता कुमारी थारु नगर प्रवक्ता तथा वडा न.२का वडा अध्यक्ष विष्णु पौडेल कार्यपालिका सदस्य लगाएतको उपस्थित रहको थियो । बैठकको संचालन प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले गर्नु भएको थियो ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६