खोज–अनुसन्धान

कांग्रेस एक भएको हेर्न कार्यकर्ता आतुर छन् तर नेतालाई चासो भएन : सांसद पाण्डे



कपिलवस्तु १६ पुस ।बिपिको ४८ औ राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको छ । कांग्रेस कपिलवस्तु नगरपालिका कमिटीद्धारा पार्टी कार्यालयमा आयोजित ‘ बर्तमान राजीनिति परिपेक्षमा बिपिको मेलमिलाप नीतिको सान्दर्भिकता ’ बिषयक बिचार गोष्ठीका बक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले अहिलेको परिपेक्षमा समेत बिपिको मेलमिलाप नीति उत्तिर्क सान्दर्भिक रहको भन्दै बिगतका कमीकमजोरीलाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।
कपिलवस्तु लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बिपिको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै महत्वुपुर्ण रहेको बताए । उनले बिपि सो नीति देश र कांग्रेस पार्टीकालागि उत्तिकै महत्वपुर्ण रहेको बताए । उनले कार्यकर्तालाई उच्च मनोबलकासाथ लाग्न आग्रह गरे । बिगतमा भएको कमी कमजोरीलाई थाती राख्दै फेरी एक हुन आग्रह गरे । उनले अरुको टाउको देखाएर आफनो कमीकमजोरी लुकाउने प्रथा हटाउन्ु पर्ने बताए । उनले भातृ संगठन र पार्टीलाई क्रियाशील बनाइ एक ढिक्का बनाएर लानु पर्ने बताए । सो अवसरमा पुर्व पार्टी जिल्ला सभापति राजेश आचार्यले राष्ट्रियता र पार्टी एकतामा ध्यान दिनु पर्ने बताए ।
कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले अबको नेतृत्व युवाहरुलाई सुम्पिनु पर्ने बताए । उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको बताए । नगर अध्यक्ष खुर्सेद अहमद खाको अध्यक्षता, सचिव नगेन्द्र यावदको संचालनमा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य रबि ठाकुर, पार्टी जिल्ला सचिव प्रमे बहादुर रायमाझी , पार्टी जिल्ला उप सभापति हुमाकान्त खनाल पार्टी सह सचिव माहोम्द बजी ंक्षत्र नम्बर २ का क्षत्रीय सभापति केशव क्मार श्रेष्ठ क्षेत्र नम्बर १ का अध्क्ष अब्दुल मन्नान खा, सुरेश शर्माले पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६