ब्रेकिंग न्युज

मृतक विद्यार्थीका परिवारलाई क्षेतीपूर्ति दिने सहमति



दाङ १७ पुस । दाङको तुलसीपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनावग्रस्त बनेको घोराही–तुलसीपुर सडकखण्ड खुलेको छ ।तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रु बहाक बसले हिजो सोमबार दिउँसो ४ बजेको समयामा ठक्कर दिदा तुलसीपुर १७ का अन्दाजी ५÷७ वर्षीय सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछी मृतकका आफन्तले सडक चक्काजाम गर्नुका साथै ठक्कर दिने बस र प्रहरीको गाडी समेत तोडफोड गरेका थिए ।
विद्यार्थीका अभिभावकहरु नाराबाजीसहित विरोध गरेका थिए । मृतक परिवारलाई नियमानुसार क्षतीपुर्ती दिने सहमतीमा गयराती १२ बजेदेखी सडक खुलाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन् । मृतक बालक जनकल्यान मावि दुधरासमा कक्षा ३ मा अध्यनरत रहेको प्रहरीले जनाएको छ

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६