अर्थ-वाणिज्य

वामपन्थी एकताको सम्भावना छ,जनताको हित र देश्को स्थिति सुधार्न मिल्नै पर्छ : बर्षमान



काठमाडौं १९ पुस। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वामपन्थी एकताको सम्भावना अझै रहेको बताएका छन् ।आजको वामपन्थ’बारे भएको छलफलमा उनले नेकपाको एकता जोगाउन नसकेपछि अहिले नवउदारवादीहरु देखिएको टिप्पणी गरे ।
उनले भने, ‘हामीले नेकपा बनायौं, विकल्प दिन्छौं भन्यौं तर, दिन सकेनौं, टुटफुट भयो । अहिले विकल्प नवउदारवादी कोणबाट आइरहेको हामीले देखिरहेका छौं । अब समाजवादी विकल्पमा त्यसका नीति कार्यक्रममा बहस गरौं, वामहरुको एकता, धुवीकरण र सहकार्य गरेर जान सक्यौं भने देशको भविष्य छ । सम्भव छ, असम्भव छैन । त्यसमा नेतृत्व, संगठनको बहस होला । संयुक्त मोर्चाका रुपहरु होलान्, बहस गर्न सकिन्छ ।’

उनले अहिलेको समस्याको हल गर्न कांग्रेससँग सहकार्य गरेर हिँड्नुपरेको बताए ।नेता पुनले भने, ‘हाम्रा समस्याहरु सँगै बसेर हल गरौं । अहिले कांग्रेसलाई पनि हामीले सँगै लिएर हिँडेका छौं । हामी हिजो २०६२र६३ का सहयात्री हौं त । तर, वामहरुले नेतृत्व गरेर । त्यसैले वामहरुबीच घोचपेच भन्दा पनि सहकार्यको मिलनविन्दु खोजौं । आजै गठबन्धन फेरौं, सरकार बनाऔं भन्दा पनि वैचारिक विकल्प दिनुपर्‍यो । राजनीतिक र संगठनात्मक विकल्प दिनुपर्‍यो । त्यतातिर बहस भयो भने समाजमा उत्साह आउँछ ।’

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६