अर्थ-वाणिज्य

संघीयतालाई जनताले पाएको सामाजिक न्याय र अधिकारका हिसाबले हेरौ बोझिलो हुदैन : सभामुख



लुम्बिनी २१ पुस । लुम्बिनी प्रदेशका सभामुख तुलनराम घर्ती मगर संघीयतालाई जनताले पाएको सामाजिक न्याय र अधिकारका हिसाबले हेरौ बोझिलो हुदैन भनेका छन ।उहाले आर्थिक रूपले मात्रै नभएर राजनीतिक र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिएका छन् ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनीद्वारा लुम्बिनीमा आयोजित संसदीय पत्रकारहरूको क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरलाई उक्त कुरामा जोड दिएका हुन् । संघीयतालाई बोझिलो भयो,खर्चिलो भयो भन्ने टिकाटिप्पणी हुने गरेको भन्दै सभामुख घर्ती मगरले संघीयतालाई आर्थिक रूपमा नभएर जनसेवा र अधिकार प्राप्तिको आधारमा हेरिनुपर्ने बताए । प्रदेश सभालाई स्थापित गराउने कार्यमा संसदीय मामिला पत्रकार समाजको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उनले संघीयता स्थापित गराउने कार्यमा प्रदेश सभा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता ब्यक्त गरे ।

उनले माघको पहिलो हप्तामा संसदीय समितिको नेतृत्व चयन गर्ने र त्यसपछि प्रदेश सभा थप क्रियाशील हुने बताए ।कार्यक्रममा उपसभामुख मेनुका खाँड केसीले संसद र संसदीय मामिला पत्रकार समाजबीच नङ र मासुको सम्बन्ध रहेको बताइन् ।

पत्रकारहरू दलिय संकर्णता र ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसदका गतिविधि बाहिर ल्याउनुपर्नेमा जोड दिदै उनले संसदमा उठेका बिषयवस्तुहरूजस्ताको तस्तै बाहिर ल्याउनुपर्ने बताइन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजकि उपाध्यक्ष अमृता अनमोल,कोषाध्यक्ष लक्ष्मण पोखरेल लयायतले कार्यक्रमको उदेश्य र औचित्यबारे प्रकाश पारेका थिए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन, संघीय संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्याल,संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष अमृता अनमोल लगायतले सहजिकरण गर्ने कार्यक्रम रहेको छ । यसै बीच संसदीय पत्रकारहरूको क्षमता विकास कार्यक्रमका साथै समाजको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित : २१ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६