प्रदेश

उत्कृष्ट संसदीय पत्रकारिता पुरस्कार भरत केसीलाई



लुम्बिनी, २१ पौष ।

पत्रकार भरत केसी उत्कृष्ट संसदीय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाको अवसरमा शनिबार केसीलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले केसीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित २५ हजार ५२५ रुपैयाँ नगद राशी प्रदान गरिएको छ । दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसी रासस लुम्बिनी प्रदेशका प्रमुख हुन् ।

घनश्याम गौतम संयोजक तथा रेखा भुसाल र दिपक घिमिरे सदस्य रहेको मुल्याङ्कन समितिले केसीसहितको नाम सिफारिस गरेको थियो । कार्यसमितिले केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने छ ।

प्रकाशित : २१ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६