प्रदेश

बालविवाह गर्ने बेहुला र पण्डित दाङबाट पक्राउ



दाङ, २१ पौष ।
दाङको तुलसीपुरमा बालविवाह गर्ने दुलाहा र पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार डा. केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

प्रकाशित : २१ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६