कपिलवस्तु, २१ पौष । मिर्मिरे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायणी थारू चयन हुनुभएको छ । शनिवार भएको सहकारीको १७ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले थारूको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको हो ।
जसको उपाध्यक्षमा गङ्गा कुमारी भट्टराई, सचिवमा भगवता अधिकारी, सह सचिवमा सन्जु आचार्य, कोषाध्यक्षमा मञ्जु बेल्बासे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा विष्णु भुषाल, कमला खत्री, निशा थारू, भावना ज्ञवाली, माया घिमिरे र सिता पन्त चयन हुन भएको हो ।
त्यस्तै लेखा समिति संयोजकमा मधु रेग्मी, सदस्यहरूमा धनमाया पुन र जमुना राना रास्कोटी चयन हुनुभएको नव निर्वाचित उपाध्यक्ष गङ्गा भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया