अर्थ-वाणिज्य

कपिलवस्तुले पर्यटन वाहेक केहि नगरे हुने दिन आउछ : सांसद पन्थी

आजवाट राष्ट्रिय मूर्तिकला कार्यशाला शुरु हुदै



कपिलवस्तु २३ पुस । कपिलवस्तुले पर्यटन वाहेक केहिकाम नगरे पनि यहाका नागरिकको जीवनस्तर उच्च हुने दिन आउने लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले ठोकुवा गर्नु भएको छ । उहाँले कपिलवस्तु जिल्ला पर्यटन प्रवद्धनको धेरै सम्भावना रहेकोको यो जिल्ला साँस्कृतिक राजधानी घोषित भएकाले यस्तो अवस्था आएरै छाड्ने स्पष्ट पार्नु भयो । उहाँले लुम्बिनी, तिलौराकोट, सगर हवा लगायतका क्षेत्रको प्रवद्र्धन र विकासमा बाटो नछेक्न पुरातत्व विभागलाई आग्रह गर्नुभएको छ । वर्षौसम्म पुरातत्व भन्दै बस्नु परेको भन्दै व्यवस्थित विकासको लागि सहयोग गर्न आग्रह गर्नुभयो
सोमबार देखि बुद्धकालिन ऐतिहासिक कपिलवस्तुको सगरहवामा हुन लागेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।स्थानियले सगरहवाको संरक्षणमा सहयोग नपुर्याएको भए अहिले सगरहवा भरि बस्ती बसिसकेको हुने उहाँले बताउनुभयो । यस आसपासमा भएका सुकुम्वासीलाई बैकल्पीक ब्यवस्था गरेर मात्र हटाइने उहाँले प्रष्टाउनु भयो । अब सगरहवामा विभिन्न पार्कहरु निर्माण गर्न लागेको भन्दै सम्पुर्ण पक्षले सकारात्मक ढङ्गबाट सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विकास कोषले लुम्बिनी पछि कपिलवस्तुलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्ध सङ्ग सम्बन्धित क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लुम्बिनी विकास कोसका सदस्य सचिव सानुराजा साक्यले लुम्बिनी विकास कोसले लुम्बिनी पछि कपिलवस्तुलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्ध सङ्ग सम्बन्धित क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय मुर्तिकला कार्यशालाको बारेमा जानकारी दिदै लुम्बिनी विकास कोसका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरिएको सगरहवाको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यशाला गर्न लागेको बताउनुभयो ।

आज सोमबार २३ पुस देखि माघ ८ गतेसम्म हुने १५ दिन लामो कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त उहाले ब्यक्त गर्नुभयो । लुम्बिनी र कपिलवस्तुको तिलौराकोट नजिकै भएपनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।
त्यस्तै नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका मुर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले एक जना मुर्तिकारले एक जना सहयोगीका साथ बनाएका मुर्ति अध्ययन अवलोकनको प्रमुख गन्तव्य बन्ने बताउनुभयो । साथै जिल्लाकाको विकासमा पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै यसको प्रचार प्रसार गर्न उहाँले आग्रह गर्नु भयो ।
लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलवस्तु नगरपालिका सहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा मूर्तीकला कार्यशाला हुन लागेको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य रामनरेश कोहाँर, वडा अध्यक्ष दिपक गुरुङ, मुर्तिकला कार्यशाला विज्ञ समितिका संयोजक पोम नारायण पौडेल ,पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य , पूर्ब अध्यक्ष मनोज पौडेल , लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मूर्तिकला कार्यशालाको सह आयोजक प्राचिन कपिलवस्तु बहुसंरकार मञ्चका लक्ष्मण बेल्वासेले गर्नु भएको थियो

प्रकाशित : २३ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६