कपिलवस्तु २३ पुस । ७० हजार शाक्यको सामुहिक बध स्थल एबम बुद्धसंग सम्बन्धित ऐतिहासिक स्थल सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला शुरु भएको छ । सो कार्यशालाको शुभारम्भ गर्दै लुम्बिनीपछिको आकर्षक स्थल बनाउने घोषणा लुम्बिनी बिकास कोषका :उपाध्यक्ष डा ल्याहार्क्याल .लामाले बताएका छन । सगरहवाको ऐतिहासिकता उजागर गर्न कपिलवस्तु नगरपालिका वडा नम्बर ९ सगरहवा ( लम्बुसागर ) मा प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबार देखि शुरु भएको हो । मूर्ति बनाइने ढुंगालाई हथौडी र छिनोले खोपेर शुभारम्भ गरेका हुन । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहितको आयोजना र प्राचीन कपिलवस्तु बहुसरोकार मंच कपिलवस्तु सहित्क स्थानीय संघसंस्थाहरुको सहआयोजनामा कार्यशाला शुरु भएको हो ।
उपाध्यक्ष डा लामाले सगरहवा बुद्धकालिन समयमा शाक्यहरुको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा र महोत्सव आयोजना गर्ने घोषणा गरे । उनले यो पटक मूर्तिकार्यशाला गरिएको बताउँदै आगामि बर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोष सहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामना सहित महोत्सव गर्ने बताए ।
उपाध्यक्ष लामाले सगरहवा बुद्धको बंश शाक्यहरुमाथि भएको दुःखद घटनाका बारेमा बौद्धमार्गी र आम मानिसहरुमा जानकारी हुनुपर्ने बताए । ?
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्तिकार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कपिलबस्तु नगरपालिका ऐतिहासिक स्थल सगरहवा सहित यहाँका बौद्धकालिन क्षेत्रहरुको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । उनले कपिलबस्तुलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि रामग्राममा जस्तै यहाँ पनि कार्यक्रम गर्न सुझाव दिए ।
कार्यक्रममा कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण ) ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरुलाई मूर्तिमा कलाकारहरुले उतार्ने बताए । कार्यशालाबाट तयार भएका मूर्तीहरुले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनले बताए । उनले लुम्बिनी विकास कोषले कपिलबस्तुका बौद्धकालिन स्थानहरुको विकास गर्न अब प्राथमिकता दिने नीति लिएको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले पुरातात्विक र ऐतिहासिक बिषयसँग जोडेर मूर्ति निर्माणको काम शुरु गरिएको बताए । उनले अरनिको स्मृती दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुशीको कुरा भएको बताउँदै कलाको विकासमा सबैसँग जोडिएर अगाडि बढ्न चाहेको बताए । मुर्ति कार्यशालाकालागि देशका बिभिन्न स्थानबाट सहभागी भएका छन । उनीहरुले कपिलवस्तु र रुपन्देहीका न नदीबाट ल्याइएको २२ वटा ढुंगालाई तत्कालीन समयका भएको घटनाको झल्को दिने खालको १५ वटा मुर्तिहरु कुदनेछन । शाक्य गणराज्यको उत्थान र पतनको झल्को दिने गरि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका मूर्तिकारले ढंगामा मूर्ति कुद्ने छन ।
सगरहवा बुद्धकालिन समयमा शाक्यहरूको सामुहिक बध गरेको स्थान हो । कोशल नरेश बिडुडभले तत्कालिन शाक्यराजा महानव शाक्य माथी आक्रमण गरेको बेलाको र बक्रमखतियाको बिवाहको कथालाई चित्रण गर्ने गरि मूर्ति तयार पार्ने आयोजकको योजना छ । मूर्ति निर्माणका लागी सानो आकार देखी १ फुट सम्मका मूर्तिको प्रतिक ९म्याकेट० छनौट गरिएको आयोजकले जनाए । कार्यक्रममा कपिलबस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलबस्तुका अध्यक्ष ललित गुरुङ कार्याशाला सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, भन्ते सुमंगलो, दामोदर सापकोटा लगाउतले बोल्दै सगरहवा आफैमा ऐतिहासिक स्थल भएकाले मूर्तिकार्यशालाले यस क्षेत्रको ऐतिहासिक पक्षलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिए ।
कार्यशालाको अवसरमा लेखक पोमनारायण पौडेलद्धारा लिखित प्राचिन कपिलबस्तुको पतन र सगरहवा पुस्तकको विमोचन गरिएको छ । पुस्तकको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। लामा सहीतका अतिथीहरुले सामुहकि विमोचन गरेका हुन । कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रु्नजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधबश कपिलबस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध गरेको स्थनका रुपमा सगरहवालाई चिनिन्छ ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ कि।मी। र तिलौराकोटवाट ६ कि।मी। उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ ।
सन् १८९७ मा डा। फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपहरु र धेरै संख्यामा साना स्तुुप भेटिएको थियो । स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए । जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५२ विघा क्षेत्रफलमा फैलिएको छ ।
२४ पुस २०८०, मंगलबार








प्रतिक्रिया