अर्थ-वाणिज्य

६ बर्ष अघि हस्तान्तरण नहुदै भाचिएको पुल नबनेपछि स्थानीयको प्रदर्शन



बर्दिया २५ पुस । ६ वर्षअघि हस्तान्तरण नहुँदै भासिएको जब्दीघाटस्थित बबई पुल निर्माणमा सरकारले चासो नदिएको भन्दै स्थानीयले मंगलबार गुलरियामा प्रदर्शन गरेका छन् ।जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको जुलुस नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयअगाडि गएर प्रदर्शनमा टुंगिएको थियो ।स्थानीय बासिन्दाले ‘जब्दीघाटमा पुल बनाउ सरकार,नत्र भने हामीलाई छैन तिम्रो दरकार’,‘पुल निर्माण नभए भोट दिँदैनौ, पुल नहुँदा सर्वसाधरणले पाएका छन् सास्ती’ लगायतका नारा लगाएका थिए । करिब एक घण्टा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलमार्फत राष्ट्रपति,प्रधानमन्त्री,भौतिक पूर्वाधार तथा यातायात र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साल साउन २८ गते भासिएको थियो भने ०७९ साल असोज २० गते आएको बाढीले बगाएको हो । पुल बगाएपछि उत्तर दक्षिण जोड्ने राजमार्ग अवरोध हुँदा करिब १ लाख बासिन्दा प्रभावित भएका छन् । लामो समयदेखि नयाँ पुल निर्माण गर्न जनदबाब बढ्दै गएको छ ।
डिभिजन सडक कार्यालय,नेपालगन्जका अनुसार नयाँ पुल बनाउन गुलरिया नगरपालिका—४ र बारबर्दिया नपा—११ मा बबई नदी पुल नामकरण गरिएको छ । डिभिजन सडक कार्यालयले ४ सय मिटर लामो पुल निर्माणका लागि करिब १ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । स्रोत सुनिश्चिताका लागि अर्थ मन्त्रालयमा फाइल स्वीकृतका लागि जेठमै पठाए पनि अर्थ मन्त्रालयले चासो दिएको छैन ।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६