अर्थ-वाणिज्य

राजश्वका दररेट संशोधन : १४ औ नगर सभावाट ३ करोड ५० लाखका थप योजना पारीत



पार्वती पाण्डे
कपिलवस्तु २६ पुस।कपिलवस्तुको बाणगंगा नगरपालिकाले चालु आवका वाकी अवधीकालागि चालु वजेटमा ३ करोड ५० लाखको थप वजेट तथा योजना पारित गरेकोछ । जस अनुसार अधिकांस योजना नगरका ग्रामिण भेगमा वाटो कालोपत्रे गर्न,ढल निकास वनाउने, सिंचाई नहर तथा कुलो वनाउने लगायतका छन् भने केहि योजना नगर भित्रका शैक्षिक सस्था सामुदायिक बनका संरचना र नगरका आफ्नै संरचना निर्माण संग सम्वन्धित छन् ।
नगर सभाले ३ करोड ५० लाखका योजना थपेकोमा नगरको कृषि शाखाको भवनकालागि ५० लाख विनियोजन गरिएको छ । यो नै नगरको सबै भन्दा ठुलो योजना बन्न पुगेको छ । स्वास्थ्य क्षेत्रमा पिपरा अस्पतालका लागि सर्जिकल सामान तथा औषधी खरिदमा समेत २० लाख वजेट थपेको छ । नगरको वजेट धार्मिक क्षेत्र केन्द्रित हुन पुगेको छ मठ मन्दिर मन्दिर गुम्वा मस्जिद र थारु डिउहारकालागि समेत वजेट राखिएको छ । वडाहरुले १५ लाखका दरले पेश गरेका योजना अन्तर्गत यस्ता ५० हजार १ लाख देखि ५ लाख सम्मका योजनाहरु समाबेश रहेको नगर प्रबक्ता विष्णु पौडेलले वताउनु भयो ।
१३ औ नगर सभाले गत असारमा चालु बर्षका लागि १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाको वजेट पारित गरेको थियो । सो वजेटका केहि योजना समेत नगर सभाले संशोधन गर्दै ३ करोड ५० लाखका थप योजना पारित गरेको मेयर चक्रपाणी अर्यालले वताउनु भयो । चालु आव २०८०÷०८१ को योजना तथा कार्यक्रम संशोधन र अत्याबश्यक थप योजनाको बजेट विनियोजन सम्वन्धि प्रस्ताव उपमेयर रीता कुमारी चौधरीले पेश गर्नु भएको थियो।
विद्येक तर्जुमा समितीका संयोजक वावुराम अर्याले पेश गर्नु भएका विद्येकहरु सभाले सर्ब सहमतिले पारित गरेकोछ । जस अनुसार सभाले बन विद्येक २०८० , बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन विद्येक २०८० पारित गरेको छ । त्यसैगरी खाने पानी सरसफाई तथा स्वच्छता ऐन २०७८लाई शंसोधन समेत गरेकोछ ।
नगर प्रमुख चक्रपाणी अर्याले नगरको प्रगती विवरण पेश गर्दै नगरले यसपाली समयमै योजनाको टेण्डर गरी काम शुरु गरेकोले विकास निर्माणका काम तीव्र गतिमा अघि वढी रहेको वताउनु भयो । उहाँले नगरले यो वर्षमा गुरु योजनाका अधुरा कामलाई विशेष महत्व दिएकाले वस पार्क र नगर चक्रपथ पुरा हुने हिसावले अघि बढेको दावि गर्नु भयो ।
नगर सभाले पारित गर्नु पर्ने कार्यपालिका बैठकका विभन्न महत्वपूर्ण निर्णय समेत पारित गरेको छ । राजश्व परामर्श समिती मार्फत पेश हुन आएको प्रस्तावलाई समेत सभाले पारित गरेकोछ ।जस अनुसार नदी जन्य पदार्थ ढुंगा गिटी वालुवा मिस्कट चुनढुंगा र स्लेटमा प्रति क्यूफूटमा लिदै आएको रु ८लाई रु १० कायम गर्दै २ रुपैया प्रति क्यूफूटमा बृद्धि गरेको छ ।
नगर सभाले अटोरेक्सा इरेक्सा र ठेला गाढाको दर्ता तथा नविकरण शुल्कमा पनि बृद्धि गरेको छ । अटोरेक्साको दर्ता शुल्क रु २ हजारवाट बढाएर ४ हजार पुराइएको छ नविकरण शुल्क ७०० वाट बढाएर २ हजार पुराइएको छ । इ —रेक्साको दर्ता शुल्क १ हजार वाट बढाएर ३ हजार कायम गरिएको छ भने नविकरण शुल्क ५ सय वाट बढाएर १५ सय पुराइएको छ । यी प्रस्ताव राजश्व परामर्श समितीका संयोजक उपमेयर रीता चौधरीले नगर सभामा पेश गर्नु भएको थियो । सभाले सर्ब सहमतिमा पारित गरेको हो । गत असार ९ मा भएको १३ औ नगर सभाको ६ महिना १६ दिन पछि १४ औ नगर सभा भएको हो । सभा मेयर अर्यालको अध्यक्षतामा भएको हो । नगर सभामा विकास उत्कृष्ट पत्रकारीता पुरस्कारवाट बुद्ध आवाज साप्ताहिकका कार्यकारी सम्पादक कुल राज भुसाल नगद र प्रमाण पत्र सहित पुरस्कत हुन भएको छ । १३ औ नगर सभावाट दिने निर्णय भएपनि उपस्थित हुन नसकेपछि सो पुरस्कार १४ औ नगर सभावाट लिनु भएको हो ।

प्रकाशित : २६ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६