खोज–अनुसन्धान

एमाले र माओवादी बीच उच्चस्तरमा पार्टी एकताको गृहकार्य:बिद्यालाई अध्यक्ष बनाउन प्रचण्डको प्रस्ताव



काठमाडौं २६ पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गर्न अहिले दुवै अध्यक्षले चासो देखाएका छन् । तर, भावी नेतृत्वका विषयमा भने सहमति जुट्न सकेको छैन । प्रचण्डले २०८४ सम्म आफू नै प्रधानमन्त्री रहिरहने र त्यसपछि अध्यक्ष र राजकीय नेतृत्वमा दाबी नगर्ने वचन ओलीलाई दिएका छन् ।उनले विद्यादेवि भण्डारीलाई अध्यक्ष बनाऔं भन्ने प्रस्ताव समेत राखेकाछन् । दुइदल बीच पुन : पार्टी एकताका लागि उच्चस्तरीय छलफल भइरहेको छ । पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमै गोप्यरूपमा वार्ता भइरहेको छ ।

दोस्रो तहका नेताहरूबीच पटक(पटक भएका छलफलमा नमिलेका विषय समाधान गर्ने जिम्मा दुई अध्यक्षले लिएका छन् । यसैक्रममा दुई अध्यक्षबीच गोप्यरूपमा बारम्बार छलफल भइरहेको स्रोतले जनाएको छ ।पछिल्लोपटक भएको छलफलमा प्रचण्डले २०८४ सालपछि दुवै नेता अभिभावकका रूपमा बसेर एकीकृत पार्टीको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीलाई बनाउने प्रस्ताव अघि सारेका छन् । यो प्रस्ताव ओलीले भने स्वीकार गरेका छैनन् ।यसअघि दोस्रो तहका नेताहरूबीच भएको छलफलमा पनि भण्डारीलाई अध्यक्ष बनाएर पार्टी एकता गर्ने प्रस्ताव आएको थियो । त्योबेला पनि अध्यक्ष ओलीले अश्वीकार गरेका थिए ।

यस्तो प्रस्ताव छलफलमा आउन थालेपछि यसअघि ओली र भण्डारीबीचमै अन्तरविरोध उत्पन्न भएको थियो । आफूलाई सिध्याउन भण्डारीलाई अघि सार्न खोजिएको ओलीको बुझाइ छ । उनले सार्वजनिकरूपमै भण्डारीको आलोचना गरेका थिए । फेरि एकपटक प्रचण्डले पार्टी एकताका लागि भण्डारीलाई अध्यक्ष बनाउने र आफूहरू दुवैजना अभिभावकीय भूमिकामा बस्ने प्रस्ताव ओलीसामु राखेका हुन् ।पार्टी एकता गर्न अहिले दुवै नेताले चासो देखाएका छन् । तर, भावी नेतृत्वका विषयमा भने सहमति जुट्न सकेको छैन । प्रचण्डले यसअघि यस्तो छलफल गर्ने जिम्मा नेता वर्षमान पुनलाई दिएका थिए । एमालेका तर्फबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा केही युवा नेताको समूह खटिने गरेको थियो ।

यी नेताहरूबीच पटक-पटक भएका छलफलमा पनि भावि नेतृत्वका विषयमा कुरा मिल्न नसकेपछि दुई अध्यक्षलाई जिम्मा लगाइएको स्रोतको दाबी छ ।अध्यक्ष ओलीले एकीकृत पार्टीको एक मात्रै अध्यक्ष आफू नै हुनुपर्ने र अध्यक्षमा दाबी नगरे बरु प्रचण्डलाई अहिले पूरै कार्यकाल प्रधानमन्त्री दिन सकिने बताएका छन् । उनले दुई अध्यक्ष राख्ने प्रस्ताव पनि सार्वजनिकरूपमै अश्वीकार गरेका थिए । एक कार्यक्रममा ओलीले दुई अध्यक्ष बनाएर पार्टी एकता हुन नसक्ने बताएका थिए । विभिन्न प्रस्तावमा छलफल हुने क्रममा फेरि भण्डारीलाई अध्यक्ष बनाउने कसरत अघि बढेको हो ।

प्रचण्डले २०८४ सम्म आफू नै प्रधानमन्त्री रहिरहने र त्यसपछि अध्यक्ष र राजकीय नेतृत्वमा दाबी नगर्ने वचन ओलीलाई दिएका छन् । तर, प्रचण्डले त्यसपछि ओलीले पनि पार्टी अध्यक्ष छाड्नुपर्ने शर्त राखेका छन् ।यसमा दुवैतर्फका अधिकांश युवा नेता भने सहमत छन् । तर, अध्यक्ष ओली सहजै नेतृत्व छाड्ने मनस्थितिमा नरहेको र यही शर्तका आधारमा एकता हुन नसक्ने उनी निकटका नेता बताउँछन् ।

प्रकाशित : २६ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६