दाङ २८ पुस ।दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।लाका प्रहरी कार्यालय भालुवाङकाअनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तर मृतकहरूको पहिचान खुल्न सकेको छैन। सबै शवलाई लमही अस्पताल पठाइएको छ दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ।नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस शुक्रबार राति साढे १० बजेतिर देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खसेकको संगै आर्जो गाडीमा रहेका कपिलवस्तुका टेकराज पौडेलले बताउनु भयो ।नदिको पानीमा उत्तानो परेर दुबेको आधा घन्टा सम्म उद्दार हुन नसकेको उहाले बताउनु भएको थियो ।
उक्त दुर्घटनामा हालसम्म १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिए।
घटनास्थलबाट डोजरको सयोगमा ७ जनाको शव निकालिएको छ। सुरूमा ५जनाको शव झिकिएको थियोे।३ जना घाइतेहरूलाई तत्कालै भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।बसमा करिब ३५ जना यात्रु सवार रहेको हुनसक्ने प्रहरी प्रमुख सिंहले बताएका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। तर तीव्र गतिले बस पुलबाट खसेको अनुमान प्रहरीले गरेको छ।घटनास्थलमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र भालुवाङका स्थानीय रातभर उद्धारमा जुटेका थिए।
प्रतिक्रिया