खोज–अनुसन्धान

सवारी साधन त्रिशूली नदीमा खसेको आशंका : सडकको डिलमा भारतीय नम्बर प्लेट भेटियो



चितवन २ माघ । चितवनको मुग्लिन नजिकबाट कुनै सवारी साधन त्रिशूली नदीमा खसेको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ। इच्छाकामना ५ स्थित तीन नम्बर पुल नजिकबाट बस अथवा कुनै सवारी साधन त्रिशूली नदीमा खसेको आशंकासहित मंगलबार बिहानबाट गोताखोरसहितको टोलीले खोजी सुरु गरेको मुग्लिन प्रहरीले जनाएको छ।
एक जना बस चालकले त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको भनेर मुग्लिन प्रहरीलाई जानकारी दिएपछि खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका बरिष्ठ सई राजेन्द्र बहादुर आलेले जानकारी दिए।सडकको डिलमा भारतीय नम्बर प्लेट भेटिए पनि कस्तो गाडी नदीभित्र खसेको भन्नेबारे यकिन जानकारी भने नआएको डिएसपी भण्डारीले बताए।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६