ब्रेकिंग न्युज

माओवादीका दुईजना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही



काठमाडौं, ०३ माघ । माओवादी केन्द्रले पार्टीका दुई जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा वैकल्पिक केन्द्रीय सदस्यहरू विरु तमाङ र उमा विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

माओवादीको २८ पुसमा बसेको स्थायी कमिटी बैठकले भक्तपुरका तामाङ र कपिलवस्तुकी विकलाई कारवाही गर्ने निर्णय गरेको परिपत्र जारी गरेको छ ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा चीनले सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामग्री वितरणका गर्ने क्रममा विवाद उत्पन्न भई चिनियाँ टोली प्रमुख महिलामाथि हातपात भएको घटनालाई लिएर अर्का वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

वैकल्पिक केन्द्रीय सदस्य नैन प्रसाद पहाडीले प्राविधिक कारण देखाइ दिएको राजीनामालाई स्वीकृत गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६