अर्थ-वाणिज्य

राष्टिूय मूर्तिकला कार्यशालामा साहित्यीक रचना वाचन




कपिलवस्तु ५ माघ ।बाणगंगा साहित्यक प्रतिष्ठानले कपिलबस्तु सगरहवामा सञ्चालित कपिलबस्तु मूर्तिकार्यशालामा विहिबार साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले कार्यशाला स्थलमा प्राचिन कपिबलस्तु र सगरहवाको ऐतिहासिकता झल्काउने गरी कविता वाचन गरी कार्यक्रम गरेको हो । लुम्बिनी विकास कोष सहित कपिलबस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहित स्थानीय संघसंस्थाहरुको समेत सहयोगमा पुस २३ गतेदेखि सगहरवामा मूर्तिकार्यशाला चलिरहेको छ । मूर्तिकारहरुले सगरहवाको प्राचिन ऐतिहासिकतालाई ढुंगामा कुँदिरहदा साहित्यकारहरुले समेत हौसला बढाउन कार्यक्रम गरेका हुन ।
साहित्यीक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, विज्ञ समितिका सदस्य चर्तुभुज पाण्डे, देवेन्द्र कुमार पोखरेल, साहित्यकार मोहन प्रसाद अधिकारी, कृष्ण प्रसाद घिमिरे, नित्यानन्द पाण्डे, सूर्य प्रसाद भुसाल, मूर्तिकार राजु पिठाकोटे, जंग पहाडी लगायतले सगरहवाको ऐतिहासिकता र प्राचिन कपिलबस्तुका बिषयमा विभन्नि रचना वाचन गरेका थिए । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष एंव निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई, कार्यकारी सदस्य रामनरेश प्रसाद कोहार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्य लगायतले बोल्दै सहगरवाको ऐतिहासिकतालाई मूर्तिमा उतार्ने कार्यले यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सहयोग पुग्ने बताएका थिए । मूर्तिकार्यशाला स्थलमा दैनिक रुपमा स्थानीयहरुले साँस्कृतिक कार्यक्रम समेत देखाइरहेका छन् ।
त्यस्तै प्रतिनिधिसभा सदस्य बलराम अधिकारी, प्रदेश सांसद विष्णु पन्थी, कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, वाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल, उद्योग वाणिज्य संघ कपिलबस्तुका अध्यक्ष डोलकराम घिमिरे, काँग्रेस नेता राजेश आचार्य, अब्दुल मण्डाल खाँन, संस्कृतीविद् डा. जगमान गुरुङ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली लगायतले कार्यशालाको निरीक्षण भ्रमण गरेको सदस्य सचिव दामोदर सापकोटाले जानकारी दिए ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६