खोज–अनुसन्धान

लुम्विनीका रुपन्देही र कपिलवस्तु मत्स्य उत्पादनमा अब्बल

पूर्बी रुकुम माछा विहीन जिल्ला



रुपन्देही ५ माघ । लुम्बिनी प्रदेशमा रुपन्देही र कपिलवस्तु मत्स्य उत्पादनमा अब्बल भएको पाइएको छ ।लुम्बिनीमा गत बर्ष भन्दा यस वर्ष करिव ५ प्रतिशतले मत्स्य पालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पाइएको छ । यहाँ आर्थिक वर्ष २०७८/ ७९ भन्दा आर्थिक वर्ष २०७९/ ८० मा मत्स्य उत्पादनमा बृद्धि भएको हो । मत्स्य विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा गत ४।१९ प्रतिशतले मत्स्य उत्पादनमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७८/ ०७९ मा १३ हजार ७०६.१३ मेट्रिक टन मत्स्य उत्पादन भएकोमा गत आर्थिक वर्ष १४ हजार २८१.१३ मेट्रिक टन उत्पादन मत्स्य विकास निर्देशनालयले जनाएको छ । लुम्बिनीमा मत्स्य उत्पादन मात्रै होइन मत्स्य उत्पादन हुने जलाशयको क्षेत्र पनि बढेको निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८र०७९ मा २ हजार १ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएकोमा आर्थिक वर्ष २०७९/०८० मा २ हजार ८६६ हेक्टर क्षेत्रफलमा कृत्रिम रुपमा मत्स्य उत्पादन भएको प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा।प्रवेश सिंह कुँवरले बताए । मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै मत्स्य उत्पादन रुपन्देहीमा हुन्छ भने पूर्वी रुकुम जिल्लामा पोखरी निर्माण गरेर माछा पालन गरेको तथ्याङ्क भने अहिलेसम्म नरहेको निर्देशनालयले जनाएको छ ।

रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७८र०७९ मा १ हजार १८७ हेक्टर क्षेत्रफल जलाशयमा ६ हजार १७४ मेट्रिक टन माछा उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७९र८० मा एक हजार २४१ हेक्टर जलाशयमा ६ हजार ५७७ मेट्रिक टन माछा उत्पादन भएको छ ।नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७८र०७९ मा २२६ हेक्टरमा माछा पालन गर्दा १ हजार ८५ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९र०८० मा भने २७८ हेक्टर जलाशयमा १ हजार ३९० मेट्रिक टन माछा उत्पादन भएको छ।कपिलवस्तु जिल्लामा २०७८र०७९ मा ५५२ हेक्टर जलाशयमा २ हजार ७०८ मेट्रिक टन माछा उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्षमा ५६० हेक्टरमा २ हजार ७४४ मेट्रिक टन माछा उत्पादन भएको छ ।बर्दिया जिल्लामा आर्थिक वर्ष २०७८र०७९ मा ४२८ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ९२७ मेट्रिक टन माछा उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९र०८० मा ४३४ हेक्टर क्षेत्रफलमा २ हजार ८६ मेट्रिक टन माछा उत्पादन भएको छ ।

बाँके जिल्लामा आर्थिक वर्ष ०७८/०७९ मा २७७ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ३०३ मेट्रिक टन माछा उत्पादन भएकोमा आर्थिक वर्ष ०७९/०८० मा १९५ हेक्टरमा ९३६ मेट्रिक टन माछा उत्पादन भएको छ । अन्य जिल्लामा जलाशय क्षेत्र र माछा उत्पादनमा वृद्धि भए पनि बाँके जिल्लामा भने क्षेत्रफल र उत्पादन दुवै घटेको निर्देशनालयले जनाएको छ ।पाल्पा जिल्लामा आर्थिक वर्ष २०७८/ ०७९ मा १६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ५० मेट्रिक टन माछा उत्पादन भएको थियो भने पछिल्लो वर्ष १८ हेक्टरमा ५४ मेट्रिक टन उत्पादन भएको छ । यस्तै दाङमा आर्थिक वर्ष २०७८र०७९ मा ९५ हेक्टरमा माछा पालन गरिएकोमा ३९९ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष २०७र९०८० मा १०३ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा ४३२ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।

यस्तै आर्थिक वर्ष २०७८/ ०७९ मा गुल्मी जिल्लामा ११ हेक्टर क्षेत्रफलमा माछा पालन भएको थियो, जसमा २१ टन माछा उत्पादन भएको छ । पछिल्लो वर्ष १२ हेक्टर क्षेत्रफलमा २३ टन माछा उत्पादन भएको छ । पहाडी जिल्ला अर्घाखाँचीमा आर्थिक वर्ष ०७८/ ७९ र आर्थिक वर्ष ०७९/ ८० मा माछा पालनको क्षेत्रफल र उत्पादन दुवै बरावर छ । यहाँ दुवै आर्थिक वर्ष ६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १२ मेट्रिक टन उत्पादन भएको छ ।यसैगरी प्युठान जिल्लामा आर्थिक वर्ष ०७८/७९ मा १० हेक्टरमा क्षेत्रफलमा माछा पालन गर्दा १६ मेट्रिक टन उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष १२ हेक्टरमा १८ मेट्रिक टन माछा उत्पादन भएको छ । रोल्पा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ४ हेक्टर क्षेत्रफलमा ५ मेट्रिकटन माछा उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष ५ हेक्टरमा ६ मेट्रिक टन माछा उत्पादन भएको मत्स्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६