अन्तर्राष्ट्रिय

अबैध तरिकाले अमेरिका पठाउने प्रकरणमा मुख्यमन्त्री चौधरी मुछिए



दाङ ६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाड नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिदा शरणार्थी बनाउने गिरोहमा लुम्बिनी प्रदेशकै मुख्यमन्त्री डिल्ली चौधरीको नाम जोडियो । त्यो बेला मुख्यमन्त्री चौधरीले त्यसको प्रतिवाद गरे ।तर, मुख्यमन्त्रीका सहोदर भाइको नेतृत्वमा अवैधरुपमा अमेरिका मानव तस्करी हुने गरेको खुलेको छ । मुख्यमन्त्री चौधरीका भाइ महावीर चौधरीले अहिले दाइको पदीय आडमा अवैधरुपमा तल्लो बाटो हुँदै रकम लिएर विभिन्न व्यक्तिलाई अमेरिका पठाउने गरेको पाइएको छ ।

मुख्यमन्त्रीकै गृह जिल्ला दाङका उनकै पार्टी कांग्रेसका क्षेत्रीय सभापतिका ज्वाइँ नै ठगिएपछि यो रहस्य खुलेको हो । महावीरबाट ठगिएकाहरू धेरै जना मुख्यमन्त्रीसमक्ष पुगे पनि उनले यस प्रकरणलाई गुपचुप राख्न भन्ने गरेका छन् । तर कांग्रेसकै क्षेत्रीय सभापतिका ज्वाइँ परेपछि भने दाङमा यो प्रकरण भुसको आगो बनेको छ ।

अमेरिका पठाउने सिलसिलामा महावीरको सम्पर्कमा दाङ क्षेत्र नम्बर २ का कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काका ज्वाइँ दिलबहादुर भण्डारी पुगे । उनले गैर कानूनीरुपमा विदेश पठाउने आस पनि देखाए ।अवैधरुपमा अमेरिका छिर्नका लागि महावीरलाई १५ लाख रुपैयाँ भीमप्रकाशका ज्वाइँले पहिलो चरणमा नगद लगानी गरे । तर, महावीरले अमेरिका नपठाएपछि फसेको पैसा निकाल्न भण्डारीले निकै दौडधुप गरे । तर, फसेको पैसा निकाल्न नसकेपछि ससुरा भीमप्रकाशलाई अनुरोध गरे ।

ससुरा कांग्रेसकै नेता भएकाले उनले महावीरले दिएका दुई वटा चेक समेत लिएर गए । भीमप्रकाशले ज्वाइँको पैसा निकाल्न धेरै पटक मुख्यमन्त्री चौधरीलाई पहल गरिदिन आग्रह गरे । मुख्यमन्त्रीले पनि भाइ कहिले अमेरिका रहेको र आमालाई भन्दिने भनेर टारिरहे । त्यो क्रम मुख्यमन्त्रीको रोकिएन ।चौधरीले कांग्रेस नेता खड्का सन्देशको नाममा काटेर दिएका दुवै चेकबाट क्यास नभएपछि कानूनी प्रक्रियामा जानुअघि मुख्यमन्त्रीलाई दबाब दिन पटक पटक भेट्दा पनि आश्वासन मात्र पाइएको पारिवारिक स्रोतले जनाएको छ ।

भाइको अवैध कामलाई दाइले आड भरोसा दिएको आरोप लाग्ने गरेको छ । मुख्यमन्त्रीले यसबारेमा बोल्न चाहेका छैनन्, तर उनको सचिवालय स्रोतले भने महावीर अहिले नेपालमै नरहेको जनाएको छ ।कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले पैसा माग्न जाँदा छिट्टै दिने भनेर आश्वासन बाहेक अरू केही नपाएको गुनासो गरे । उनले घडेरी वा जग्गा दिएर मिलाउने आश्वासन दिएको धेरै पटक भए पनि कुरा मात्रै भएको र पैसा नदिए कानुन बमोजिम अघि बढ्ने बताए ।

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६