कृषि

लुम्बिनी प्रदेशकै पहिलो उडान क्षेत्र : राप्तीबाट प्याराग्लाइडिङ सुरू



दाङ ६ माघ । लुम्बिनी प्रदेशकै पहिलो उडान क्षेत्र दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट व्यवसायीक रूपमा प्याराग्लाइडिङ उडान सुरू भएको छ ।
माघी पर्वलाई लक्षित गरि ३ दिनका लागि विशेष उडान गरिएको छ । सोही अवसरमा लुम्बिनी प्रदेशकै गौरवपूर्ण रहेको प्याराग्लाइडिङ साहासिक खेल माघ ४ गतेबाट माघ ६ गते सम्म बुकिङ खुल्ला गरिएको थियो । शुक्रबार सम्म व्यवसायीक उडानको पहिलो सुरुवातमै रिडी राप्तीको व्यवस्थापन र बाबू एडभेञ्चर्सको उडानको संयुक्त पहलमा माघी पर्व २०८० लाई लक्षित गरि माघ ४, ५ र ६ गते सम्मको लागि प्रायोजन गरिए अनुसार माघ ४ गते व्यवसायीक उडान शुरु भई १२स् १४ बजे ६८ वर्षिय रिडी राप्ती का शेयरधनी खुशलराम पुनबाट शु्रु भई संचालक वेदबहादुर थापा, संचालक झकेन्द्र घर्ती मगर, संचालक प्रमोद बुढा, हिरे रोका, गोर्खा स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजाल, कपिल न्यौपाने, धनिराम गुरुङ, पुर्णबहादुर पुन, शेयरधनी लिलाबहादुर पाटा मगर, शेयरधनी दिलबहादुर घर्ति, शेयरधनी चन्द्रबहादुर घर्ती मगर, देवीराम चर्ती मगर, रिडि ग्रुपका शेयरधनी युवराज थापा मगर र संचालक हरिबहादुर घर्ति मगर सहित १५ जनाले उडान भरेका थिए ।

त्यसै गरि दोस्रो दिन ५ गते कुलबहादुर बुढा मगर, भिमबहादुर रोका मगर, संचालक मनिराज पुन, राहुल रोका, यज्ञ विश्वकर्मा, टंकबहादुर थापा मगर, शेयरधनी पूर्ण थापा, गोर्खा स्कुल घोराहीका प्रधानाध्यापक तथा शेयरधनी मानसिंह घर्ती मगर, संचालक सम्झना घर्ती, रिडी ग्रुपका शेयरधनी रामरेखी घर्ती, जेविका रोका मगर, घनाकुमारी पुन, थमी पुन सहित १३ जना गरी हाल सम्म ५ जना महिला र २३ जना पुरुष गरि २८ जनाले साहसिक खेलमा उडान भरेको देउखुरी उपत्यकाको मनमोहक दृश्य अवलोकन गरी प्राकृतिक दृश्यावलोकन गरि सकेका छन् ।शनिबार अन्तिम दिन रहेको संचालक समितिले जानकारी गराएको छ र बाँकी अरु थप खेल खेल्न थप भए निरन्तर उडान गर्ने समेत संचालकबाट जानकारी आएको छ

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६