अर्थ-वाणिज्य

धुर्मुस सुन्तलीको ध्यान देउखुरी तिर !



दाङ ७ माघ । दाङ- देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शनिबार दशौँ दिन दर्शकको हजारौं हजार दर्शकको भिडभाड रहेको थियो ।माघ ६ गते शनिबार लालमटिया महोत्सवमा चर्चित हास्यव्यङ्ग्य कलाकार धुर्मुस सुन्तली आउने भनेपछि दर्शकको भिडभाड बढेको हो । केही बर्ष पहिले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यव्यङ्ग्य टेलिश्रृयल मेरी बास्यैबाट दर्शकदिर्घको निकै मन जित्न सफल हास्यव्यङ्ग्य कलाकार लामो समय पछि लालमटिया महोत्सवमा आउने भएपछि उनीहरूको प्रस्तुति हेर्न अरू दिनको तुलनामा शनिबार महोत्सव स्थल भरिभराउ देखिन्थ्यो ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा सञ्चालित महोत्सवको शनिबार दशौं दिन धुर्मुस सुन्तलीले सरकारका गतिविधि प्रति इङकित गर्दै सरकार र मन्त्रीलाई सच्चिन आग्रह गर्दै सिताराम कट्टेल९धुर्मुस० र कुञ्जना घिमिरे९सुन्तली०ले व्यङ्ग्य प्रहार गरेका हुन् । उनीहरूले सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, ज्यानमारालाई आम माफी दिने राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत व्यङ्ग्य गर्दै सुध्रिन आग्रह गरे ।

त्यस्तै उनीहरूले श्रीमान् श्रीमती एक रथका दुई पाग्रा हुन् भन्ने कुरालाई पनि व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेका थिए । त्यस्तै त्यस्तै महोत्सव गायक तथा पत्रकार देवेन्द्र बस्नेत र गायक, मोडेल तथा कुशल कार्यक्रम सञ्चालक विजय पुनले पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यस्तै स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

यसैगरी महोत्सवमा माघ ७ गते आइतबार चर्चित गायिका शान्तिश्री परियार, मोडेल सगुन थापा र कार्यक्रम सञ्चालिका विन्दु थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।

संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

प्रकाशित : ७ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६