अन्तर्राष्ट्रिय

नेपाल भित्र भिसा शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न सुरु



काठमाडौँ ८ माघ । आइतबारदेखि नेपाल भित्र भिसा शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न सुरु भएको छ । अध्यागमन विभागमा जर्मन नागरिक एनके ग्रुपले पहिलो पटक मोबाइल बैंकिङमार्फत भिसा शुल्क भुक्तानी गर्दै अनलाइन माध्यमबाट भिसा शुल्क तिर्ने कार्यको सुरुवात भएको हो ।

अब नेपालभित्र भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमतिको लागि अध्यागमन विभागमा आएर लाइन लाग्नु नपर्ने जनाइएको छ । विभागका अनुसार अध्यागमन विभाग र अन्तरगतका कार्यालयलाई पूर्ण रूपमा अटोमेशनमा लैजाने क्रममा विभागमा यसको प्रयोग सफल भएको हो ।
माघ दुई गतेदेखि शुरु भएको अनलाइनमार्फत सेवाप्रवाह गर्ने अभियानले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह हुने विभागको अपेक्षा रहेको महानिर्देशक तामाङले बताए । उनका अनुसार अब सेवाग्राहीले विजनेश भिसाको लागि अध्यागमन विभाग धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६