अर्थ-वाणिज्य

दलगत पत्रकारीतावाट माथि उठेर सबैको बन्न गृहमन्त्रीको सुझाव



बुटवल १३ माघ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकार सबैकोसझा हुनु पर्नेमा दल विशेषका फरक फरक भएको देख्दा दुख लाग्ने वताएका छन् । उनले दलगत पत्रकार भई रहदा आफ्ना दलका खासै पत्रकार बन्न नसकेकोमा पनि चिन्ता ब्यक्त गरेका छन् । संचारिका समूह नेपालले शुक्रबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि संचार माध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सुरक्षा विषयक प्रशिक्षण बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले सरकारलाई दिशा निर्देश गर्ने र नागरिकका आवश्यकता सरकारसम्म पुर्याउने काममा संचारमाध्ययम संवेदनशील भएर लाग्नुपर्ने बताए । उनले संचारमाध्यम खुल्ने क्रम बढेको बताउदै त्यसको गुणस्तर बिस्तारमा समेत ध्यान दिन आग्रह गरे । संचारमाध्ययममा ठूला दल, ठूला व्यक्ति, पद र प्रतिष्ठामा भएकाको मात्रै समाचार लेख्नु साटो समस्यालाई समाधान गर्ने खालका कुरालाई पनि ध्यान दिन सुझाब दिए । मन्त्री पाण्डेले संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवाललाई मूलप्रवाहीकरण गर्न आग्रह गर्दै पत्रकार महिलाहरुको उत्पादन र क्षमता बढाउन पनि पहल गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारकारको व्यवसायिक सुरक्षाकालागि राज्यले सघाउनुपर्ने बताए । उनले पत्रकारहीलाई समाचार सामाग्री र प्रस्तुतीलाई लैंगिक र समाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गरे ।
फ्रिमिडिया नेटवर्क एवं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताए । उनले पत्रकार महिला तथा सिमान्तकृतहरु जातिय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाब दिए ।

संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले संचारमाध्यमलाई लैंगिकमैत्री बनाउदै व्यवसायीक सुरक्षा र सवलीकरणका लागि सम्पादक र व्यवस्थापक सहितको कार्यक्रम आयोजना गरेको बताइन् । अलर्ट इन्टरनेशनलका कन्ट्री डाइरेक्टर रविना श्रेष्ठले नागरिकलाई सुसुचित गर्ने र राज्यलाई दिशा निर्देश गर्ने पत्रकारहरुमा लैंगिकता र समावेशीकरणको बुझाइ पट हुनुपर्ने बताइन् ।

संचारिका समूह नेपालका केन्द्रीय सल्लाहकार तथा सहजकर्ता बबिता बस्नेतले संचारमाध्ययमहरुको समाचार रुम, व्यवस्थापन र उत्पादित सामाग्रीलाई लैंगिकमैत्री र समावेशी बनाउन जरुरी भएको बताइन् । पत्रकारहरु व्यवसायिक र पेशागत सुरक्षित हुनका लागि कार्यक्रमले सहयोग गर्ने बताइन् । प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक महिला पुरुष सहभागी छन् ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६