अर्थ-वाणिज्य

रानीमहल जाने बाटो ४८ दिनमा निर्माण हुने



पाल्पा १३ माघ ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक बन्द हुने भएको छ । रानी महल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । तानसेनदेखि रानी महलसम्म जाने सडक यही माघ १७ गतेदेखि आगामी चैत ५ गतेसम्म बन्द गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । रानी महल जाने सडकको बैकुन्ठे भीर क्षेत्रमा सडक बनाउनुपर्ने र सो क्षेत्रको सडक साँघुरो रहेकाले बन्द गरेर निर्माणको काम गर्नुपरेको उहाँले बताउनुभयो । रानी महलसम्म जानका लागि अन्य वैकल्पिक बाटो प्रयोग गर्न सकिने सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ । सो अवधिमा तानसेन–अर्गेली–कमलपोखरी–छेर्लुङ् सडक प्रयोग गरेर रानी महलसम्म जान आउन सकिने कार्यालय प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । यस्तै जिल्लाको आर्यभाङ्ज्याङ् रामपुर सडक खण्ड समेत बन्द गरिने भएको छ । सो सडक खण्डको हुमिन ताहुँ देउराली खण्डमा सडक निर्माण गर्न यही माघ १७ गतेदेखि फागुन १६ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय भएको जिल्लास्थित राजमार्ग (सडक) सुरक्षा समितिले जनाएको छ ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६