अर्थ-वाणिज्य

बुद्ध सर्किटको प्रवर्द्धनकालागि ’बुद्धज्ञान साइकल यात्रा’ कति सफल रहयो ?




भैरहवा १४ माघ । बुद्ध स्थलहरु (बुद्ध सर्किट) को पर्यटन प्रवर्द्धनकालागि पहिलो पटक आयोजना गरिएको ‘बुद्धज्ञान साइकल यात्रा–२०८०’ मा २ सय ५० जना स्वदेशी र विदेशी साइकल यात्रीले यात्रा सम्पन्न गरेका छन् । रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा रहेका भगवान बुद्धसँग सम्बन्धित स्थलहरु (बुद्ध सर्किट) को पर्यटन प्रवर्द्धन गर्न र साइकलको प्रयोगबाट हुने फाइदाका बारेमा जनस्तरमा जागरण ल्याउनका लागि साइकल सिटी भैरहवाले अभियानको रुपमा यो यात्राको आयोजना गरेको हो ।
‘स्वास्थ्य पर्यावरण र पर्यटनकालागि साइकल यात्रा’ को नाराका साथ शुक्रबार बिहान भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट दुई दिने उक्त यात्रा आरम्भ भएको थियो । नवलपरासीको रामग्राम, रुपन्देहीको भवानीपुर देवदह, कपिलवस्तुको तिलौराकोट, जगदीशपुर ताल, सगरहवा, गोटिहवा, कुदान, लुम्बिनी हुँदै भैरहवासम्मको १ सय ८० किमी को दुरी पुरा गर्दै यात्रा शनिबार साँझ सम्पन्न भएको हो
यात्राको समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले यो साइकल यात्राबाट बुद्ध जन्मस्थल लुम्बिनी र आसपास क्षेत्रका अन्य बौद्ध भूमिको प्रचार प्रशार र पर्यटन प्रबर्द्धनमा ठूलो योगदान पुर्याएको बताए । सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खानले यो अभियानलाई निरन्तरता दिन जरुरी भएको बताए । उनले सिद्धार्थनगरमा एशियाली बिकास बैंकको सहयोगमा२८ किमी लम्बाईको साइकल लेन सहितको सडक निर्माण गरिने जनाए ।
यात्रामा भारतको जम्बु कश्मिर, पञ्जाव, दिल्ली, बरेली लगायत्का ठाँउबाट १३ जना सहभागी थिए । चीनबाट एकजना दम्पत्ती सहभागी थिए । नेपालको धरान, काठमाडौं, किर्तिपुर, पाल्पा, पोखरा, अर्घाखाँची, बारा, घोराही, कावासोती, चितवन, धादिङ लगायत्का स्थानका साइकल समूह तथा क्लबबाट साइकल यात्री सहभागी थिए । विश्व साइकल यात्री पुष्कर शाह पनि यात्रामा सहभागी थिए ।
साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारुमगरले साइकल यात्रासँग जोडेर पर्यटन विकास गर्न सकिने पर्यटकीय गन्तब्यस्थल प्रशस्त रहेको बताए ।
पोटो ः

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६