खोज–अनुसन्धान

चलचित्र नमेटिने घाउमा केपी ओलिले अभिनय गर्ने



बुटवल १५ माघ । नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगानाको चलचित्र नमेटिने घाउमा अभिनय गर्ने भएका छन ।पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको चलचित्र नमेटिने घाउमा अभिनय गर्न लागेको खुलाएका छन्। ओली उक्त चलचित्रमा प्रधानमन्त्रीको भुमिकामै देखिने छन्। काठमाडौंमा आइतबार फिल्मको शुभमुहुर्त गरिएको थियो भने कार्यक्रममा ओली समेत उपस्थित थिए।

केपी ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त चलचित्रको शुभमुहर्तमा सहभागी हुने अवसर मिलेको उल्लेख गर्दै आफुलाई उक्त चलचित्रमा अभिनय गर्न प्रस्ताव आएको र आफुले त्यसलाई स्वीकृती दिएको जनाएका छन्। फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्। फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ।

एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ(नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो, कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन। उनका साथीभाइ र परिवारलाई पनि बारम्बार पीडा दिइरहेको हुन्छ। नमेटिने घाउले केही हदसम्म यसलाई अन्त्य गर्छ भन्ने मलाई लागेको छ।

एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनमा यो फिल्म आधारित रहनेछ। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहनेछ ।एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन्। उनले पनि यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन्

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६