खोज–अनुसन्धान

हात्तीपाईले अभियानमा कपिलवस्तु १५ औं पटक पनि असफल



कपिलवस्तु १८ माघ । १५ चरणको अभियान संचालन गरिएको कपिलवस्तु फेरी हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा असफल भएको छ । किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाले गत पुस १७ देखि एक हप्ता सम्म जिल्लाको ४ पालिकामा गरेको आईडिए ईनपेक्ट सर्वे पहिलो ) नमुना परिक्षणबाट सो तथ्य बाहिर आएको हो । २० बर्ष माथीका उमेर समुहको ब्यक्तिको नमुना रक्त संकलन गरी परिक्षण गरिएका हो । कपिलवस्तुको महाराजंज र कृष्णनगर नगरपालिका तथा बाणगंगा र शिवराज नगरपालिकामा गरी १ हजार २५८ जनाको नमुना रक्त परिक्षण गर्दा १२ जनामा माईक्रो फाईलेरियाको जिवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाले बताए ।
स्वास्थ्यर्मीको टोलीले २ क्लस्टर बनाएर नमुना परिक्षण गरेको थियो । क्लस्टर अनुसार दुबै ठाउमा बढी माईक्रो फाईलेरियाका जिवाणु भेटिएका छन । १ प्रतिशत बढी माथी देखिएमा असफल हनु प्रावधान छ । शिवराज नगरपालिकामा ३ सय २३ जनामा परिक्षण गर्दा ७ जना, कृष्णनगर नगरपालिकामा ३ सय ९ जनामा गर्दा ४ जना, महरागंज नगरपालिकामा ३ सय १२ जना मध्ये १ जना र बाणगंगा नगरपालिकामा ३ सय १४ जना मध्ये शुन्य जनामा माईक्रो फाईलेरियाको जीवाणु भेटिएको छ । सर्वेक्षण गर्दा कुनै स्थानको २ वा सो भन्दा कम नजिता आएमा पास भएको र त्यो भन्दा बढी देखिएमा असफल भएको मानिनेछ । ३ वा सो भन्दा माथी फेला परे पुन सर्वेको काम हुनेछ । जिल्लामा २०६४ साल देखि जिल्लामा हात्तीपाईले बिरुद्ध अभियान संचालन हुदै आएको छ
२०७८ र २०७९ सालमा चलाइएको अभियानमा जिल्लामा ८० प्रतिशत बढीले औषधी खाएको प्रतिबेदन छ । सन २००५ मा सर्वै गर्दा जिल्ला सफल भएको थियो । त्यस बेला ५ जनाको नमुना रक्त संकलन गर्दा १ दश दशमव ६६ जनामा मात्र रोगको परिजवी देखिएको थियो । त्यस पछि २०१३ मा ४ दशमलव ५ प्रतिशत, २०१५ मा १४ दशमलव ८४, २०१८ मना १२ दशमलव ६७ परजिवीको भेटिएको थियो । २०२२ मा झन महाराजगंजमा २८ र बहादुरगंजमा ३१ जनाको नमुनारक्त परिक्षण पछि ४८ दशमलव ४ र ९ दशमलव ६ प्रतिशतमा परिजीवी भेटिएको थियो ।
सरकारले सन २०३० सम्म हात्तीपाईले निवारण गर्ने लक्ष्य लिएको छ । बिगत बर्षहरुमा यो रोग बिरुद्ध आम औषधी सेवन ( एमडिए ) संचालन गरिएकोमा २०७८ देखि आईडिए अभियान चलाइएकोे थियो । उनले जिल्लामा यस बर्ष हात्तीपाईले बिरुद्धको अभियानकालागि बजेट नभए पनि दाङकालागि रखिएको बजेट कपिलवस्तुमा पठाउने गरी तयारी गरिएको बताए । कपिलवस्तुमा २७ सय २७ हात्तीपाईले रोगी भेटिएका छन । १५ बर्षे अभियानमा अहिले सम्म २० करोड बढी खर्च भएको स्वास्थ्य कार्यालयको अनुमान छ । तर उपलब्धी भने न्युन देखिएको छ । अभियानका नाममा ११ सय बढी महिला स्वास्थ्यसेबिका गरी ३ हजार बढी स्वास्थ्यका कर्मचार्र्रीहरु खटने गर्छन । तालिको प्रचारप्रसार, अभिमुखीकरण, अनुगमन, भत्ता लगातउका खर्च गर्ने गरिएको छ ।

प्रकाशित : १८ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६