खोज–अनुसन्धान

माग अलग तर अव सबैको साझा सडक आन्दोलन




काठमाडौ २२ माघ । नेपालका दलहरूका लागि माघ, फागुन, चैत र वैशाख महिना आन्दोलनको मौसम हो।२०४६ सालको बहुदल ल्याउने जनआन्दोलन होस् कि ०६२/०६३ को गणतन्त्रको जग बसाल्ने ऐतिहासिक जनआन्दोलन किन नहोस्। चैतमै सुरु भएका आन्दोलनले व्यवस्था नै उलटफेर ल्याइदिएका पनि छन्।यसो भनेर अरू बेला कुनै आन्दोलन नै नभएका होइनन्। तर, प्रभावकारी यही समयमा भएका छन्।
कृषिमा निर्भर नेपालीहरू केही रूपमा फुर्सदिलो हुने समय पुसदेखि वैशाखसम्म हो। चैतमा केही नेपालीले धान लगाउँछन्। तर, अधिकांशको रापाइँ जेठदेखि साउनको बीचमा चल्छ।त्यसपछि वर्षाको कारण यात्रा र भेलाका प्रायः गतिविधि ठप्प हुन्छन्। लगत्तै दसैँ, तिहार, छठलगायतका चाड आइपर्छन्। त्यो सकिएपछि चिसो मौसम सुरु हुन्छ। चिसोमा पनि मानिस भेला पार्न मुस्किल पर्छ। यही भएर नेपालमा चिसो सकिएलगत्तै कुनै न कुनै विषय उठाएर आन्दोलन थाल्ने चलन नै बसेको छ।
संसदको दोस्रो, चौथो र पाँचौँ शक्तिका रूपमा रहेका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राप्रपाले पनि ढल्कँदो हिउँदसँगै सडक तताउने जमर्को गरेका छन्।तर, तीनवटै पार्टीका कार्यक्रमका नारा र ढाँचा फरक भए पनि उद्देश्य भने समान छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले माघ २१ देखि दबाब यात्रा थालिसकेको छ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म २४ किलोमिटर यात्रामा सभापति रवि लामिछाने खटिएका छन्।रास्वपाले आगामी चैत २१ सम्मको दुई महिने अवधिमा ७ वटै प्रदेशका ३–३ वटा राष्ट्रिय आयोजनामा दबाब दिने कार्यक्रम तय गरेको छ।दबाब यात्राका लागि केन्द्रीय तहका नेतालाई खटाइएको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा। मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए। २० सांसदसहित २१ जनाले दबाब यात्राको अगुवाइ गर्दै छन्।सभापति लामिछाने नेतृत्वको टोलीले चितवनको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन्।
पुस ९ मा रास्वपाले चितवनको नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा गरेको थियो।सो यात्राले अलपत्र अवस्थामा रहेको नारायणगढ–बुटवल सडक पुनःनिर्माणले गति लिएको ढकाल दाबी गर्छन्। रास्वपाका नेताहरू सरकार गिराउन वा व्यवस्थाविरुद्ध आफूहरू सडकमा नओर्लिएको दाबी गर्छन्।त्यसो भए रास्वपाको आन्दोलनको उद्देश्य के हो त?
उनीहरू विकास–निर्माणलाई राजनीतिक मुद्दा बनाउन चाहेको बताउँछन्। हालका दलहरूले विकासलाई गति दिन नसकेकाले दबाब दिनुपरेको तर्क रास्वपा नेताहरूको छ।तर, आफ्नो दबाबबाट विकासले गति लिन्छ भन्नेमा रास्वपा नेतृत्वलाई विश्वास छैन। त्यसैले दबाबमार्फत् ठूला राजनीतिक दलहरूलाई नंग्याउने र असन्तुष्ट जनमनोविज्ञानलाई आफ्नो पक्षमा पार्ने दाउ पनि रास्वपाको देखिन्छ।उता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सात दलीय गठबन्धनविरुद्ध बेग्लै प्रदर्शनको तयारीमा जुटेको छ।सुरुमा संसदबाट सरकारको ध्यानाकर्षण गराउने र त्यतिले नपुगे सडकमै आउने एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठकले आन्दोलनको स्वरूप तय गर्नेछ।
‘केन्द्रीय कमिटी बैठकमा त्यस विषयमा छलफल हुन्छ, त्यसबेला आन्दोलनको कुन रूप हुन्छ ? कसरी हामी प्रस्तुत हुन्छौँ ? त्यो पार्लियामेन्टमा मात्र सीमित हुन्छ कि भन्ने विषयमा छलफल हुन्छ,’ गौतमले भने।सरकार ढाल्ने गरी संघर्षका कार्यक्रम गर्ने उनको दाबी छ।‘सरकारले कुनै पनि डेलिभरी दिएन,’ गौतम भन्छन्, ‘जताजतै असफलता र अस्तव्यस्तता मात्र छ। राजनीतिक स्यायित्व कायम गर्न सकेन, विकास आयोजना ठप्प छन्। बजेट छैन, ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने स्थिति छ। ’ सरकारविरुद्ध केन्द्रित आन्दोलन कति दिनको भन्ने एमालेले घोषणा गरिसकेको छैन।
‘सबै क्षेत्रका सूचकांकले सरकार असफलतातिर गएको देखिएकाले सरकारलाई सच्चिन, जनअपेक्षाअनुसार काम गर्न, विकास निर्माणको काम अगाडि बढाउन ध्यानाकर्षण गराउन आन्दोलन गर्ने निष्कर्षमा पुगेका हौँ,’ प्रचार विभाग प्रमुख गौतमले थपे,’ ‘सरकार सचेत भएन, मानेन भने पार्लियामेन्टमा संगठित ढंगले प्रस्तुत हुन्छौं। त्यति गर्दा पनि मानेन भने सडकमा आउनुपर्ने हुन सक्छ।’

प्रकाशित : २२ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६