प्रदेश

सिकार खेल्दा भरुवा बन्दुकको गोली लागेर दाङमा एकजनाको मृत्यु



दाङ, ०५ फागुन । दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख इन्स्पेक्टर अजयजंग थापाले जानकारी दिए।

उनका अनुसार गतराति साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको र साथमा एउटा बन्दुक फेला परेको प्रहरीको भनाइ छ। उनीसँगै अन्य १० र १२ जना व्यक्तिहरू पनि जङ्गलमा गएको बुझिएकाले उनीहरूको खोजी भइरहेको उनले बताए।

मृतकको शव पोस्टमार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६