प्रदेश

तिलोत्तमा नगरपालिकामा निमार्ण गरिएको साईकल लेन उद्घाटन



बुटवल, ०६ फागुन । तिलोत्तमा नगरपालिकामा निमार्ण गरिएको साईकल लेनको समुद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाले योगीकुटीदेखी भलबारीसम्म सर्भिस लेनमा रेखाकन गरेको साईकल लेनको नगरप्रमुख रामकृष्ण खाडले साईकल चलाएर समुद्घाटन गरे । कार्यक्रममा उनले तिलोत्तमा नगरपालिकालाई चिनाउने नया काममध्ये साईकल लेन उदाहरणीय काम भएको बताए ।

शहरी क्षेत्रमा हुने ध्वनि प्रदुषण, पार्किङ समस्यासंगै स्वस्थ्य सरोकारसंग जोडिएको साईकल चलाउने बानी बसाल्नुपर्ने उनले बताए । ‘नगरबासीलाई साईकल चलाउने संस्कार बसाउने अभियान हो ।’– उनले भने । योगीकुटी र भलबारीसम्मको दोहोरो २० किलोमिटरको साईकल लेन तयार भएको हो । नगरभित्र सर्भिस लेनमा पार्किङ नहुदा धेरै कठिनाइ रहेको भन्दै यसको समाधानमा समेत लाग्ने उनले बताए । ठुलो सवारीसाधन न्युनिकरण गर्दै दैनिक जिवनमा साईकलको प्रयोग बढाउन सके यसले सडकमा चाप कम हुने र दुर्घटना न्युनिकरणमा समेत मद्यत मिल्ने उनले बताए । नगरभित्र जनप्रतिनिधि, सामाजिक अगुवा, विद्यालयमा समेत साईकल चलाउने बानी बढाउने गरि कार्यक्रम ल्याउन लागेको उनले बताए । साईकल मानव स्वस्थ्य र खेलमात्र नभई पर्यटनको समेत महत्वपूर्ण पाटोका रुपमा रहेको उनले बताउदै नगरभित्रका सामुदायिक वनसंग समन्वय गरि साईकल लेन बनाएर पर्यटक घुकाउने गरि योजना बनाएको बताए । ‘यसले यहाको पर्यटन ब्यवसाय प्रवर्द्धन हुने छ ।’– उनले भने ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, नगर खेलकुद विकास समितिका संयोजक लोक पुन, नगर प्रबक्ता सुरेन्द्र श्री, स्थानिय जनप्रतिनिधीहरुले नया सोचसहितको योजनालाई सबैको साथबाट सफल हुने बताए ।
कार्यक्रममा सहभागीहरुले नवनिर्मित योगिकुटीदेखि भलबारीसम्मको साइकल लेनमा साईकल चलाएका थिए ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६